March 23, 2018

विदेशीसँग सिधै नभेट्न प्रदेश र स्थानीय तहलाई परराष्ट्रको चेतावनी

 

काठमाडौं, चैत ९ ।परराष्ट्र मन्त्रालयले मातहतका निकायहरुमाथि विदेशी कुटनीतिक नियोगसँग सिधै भेट्न रोक लगाएको छ । केन्द्र सरकारलाई जानकारी नदिई कुटनीतिक भेटवार्ताहरु नगर्न पत्राचार गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रदेशका मुख्यमन्त्री, मन्त्री र स्थानीय तहका मेयरहरुले कुटनीतिक नियोगका अधिकारीहरुसँग सिधै भेटवार्ता गर्न थालेपछि केन्द्र सरकारले दुवै पक्षलाई भियना सन्धी पालना गर्न नोट पठाएको छ । संविधान अनुसार विदेश नीतिको सञ्चालन केन्द्र सरकारले मात्र गर्न पाउँँछ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयका उच्च अधिकारीहरुसँग छलफल गरेपछि मन्त्रालयले प्रदेश, स्थानीय तह र नेपालस्थित कुटनीतिक तथा विकास साझेदार एजेन्सीहरुलाई भियना सन्धी पालना गर्न नोट पठाएको हो ।

पछिल्लो समय कतिपय कुटनीतिक नियोगका अधिकारी तथा विकास साझेदार संस्थाका प्रतिनिधिले प्रदेश र स्थानीय तहका पदाधिकारीहरुलाई तलै गएर भेट्न थालेका छन् । यी भेटवार्ताबारे मिडियाबाट मात्र परराष्ट्र मन्त्रालयले जानकारी पाउने गरेको छ ।

अबदेखि भेट गर्ने पक्षले मन्त्रालयमा जानकारी दिनुपर्ने भएको छ । भियना सन्धीले कुटनीतिक गतिबिधिबारे नियोगहरुले पालना गर्नुपर्ने आचारसंहिताको प्रष्ट व्यवस्था गरेको छ ।

अष्ट्रियाको राजधानी भियनामा सन् १९६१ मा जारी भएको सो सन्धी अनुसार कुटनीतिक भेटवार्ता गर्न मन्त्रालयले स्मरण गराएको हो । मन्त्रालयले केन्द्रमा पनि सोही सन्धी अनुसार कुटनीतिक नियोगसँग प्रधामनन्त्री लगायत उच्चस्तरीय भेटवार्ताहरु गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको