March 22, 2018

सुन काण्डमा मुछिए एसएसपी लोहनी, गृहले बनायो छानविन समिति

 

काठमाडौं  । गृह मन्त्रालयले तस्करीको साढे ३३ केजी सुन काण्डमा प्रहरीको शंकास्पद भूमिका देखिएको भन्दै अनुसन्धान गर्न डिआईजी पुष्कल रेग्मीको संयोजकत्वमा छानविन समिती गठन गरेको छ । गृह स्रोतका अनुसार सोमबार गठन भएको रेग्मी नेतृत्वको समितिमा एसएसपी बसन्त लामा, डिएसपी सुदीप पाठक र इन्सपेक्टर भीष्म हुँमागाईं रहेका छन् । समितिले मंगलबारदेखि नै काम शुरु गरेको छ । मंगलबार एसएसपी लामा अपराध महाशाखामा पुगी केही प्रहरी अधिकारीहरुसँग बयान लिएका थिए ।

तस्करीको साढे ३३ केजी सुन काण्डमा संलग्न भरिया सनम शाक्यको हत्या भएपछि महानगरीय अपराध महाशाखा र मोरङ प्रहरीले संयुक्त रुपमा अनुसन्धान गरेका थिए । उक्त सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएका भरिया शाक्यको फागुन १८ गते उर्लाबारीमा हत्या भएको थियो । अपराध महाशाखा र मोरङ प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा काभ्रेका टेकराज मल्ल, उर्लाबारीकै नरेन्द्र कार्की, मोहन काफ्ले र झापाका लाक्पा शेर्पालाई पक्राउ गरेपनि असली सुन मालिक र हत्यामा संलग्न अन्य ४/५ जनालाई अझै पक्राउ गर्न सकेको छैन ।

त्यस्तै ठूलो परिमाणको उक्त सुनको बारेमा पनि महाशाखाले अहिलेसम्म कुनै ठोस विवरण सार्वजनिक गर्न सकेको छैन । अभियुक्तहरु पक्राउ पर्नु र सुन बोकेका भरियाको हत्या हुँदा समेत ३३ केजी सुन कहाँ छ भन्ने बारेमा अहिलेसम्म प्रहरीले सुईको पाउन नसक्नुलाई ठूलो कमजोरी वा प्रहरीकै संलग्नता रहेको आशंका गरिएको छ ।

हत्यामा संलग्न उनीहरुलाई सुन तस्करीका नाइके चूडामणी उपे्रतीले हराएको सुन खोज्न खटाएका थिए । प्रहरी नियन्त्रणमा रहेका चार जनाले दिएको बयान र अनुसन्धानका क्रममा उक्त सुनका मालिक उप्रेती रहेको खुलिसकेको छ । उप्रेती प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् ।उक्त सुन बारे महाशाखाले यथार्थ विवरण बाहिर नल्याएपछि महाशाखाका प्रहरीहरु शंकाको घेरामा परेका हुन् । गृह मन्त्रालयमा तस्करीको सुन प्रहरीले नै लुकाएको उजुरी परेपछि महाशाखाका प्रमुख एसएसपी दिवेस लोहनी पनि अनुसन्धानको घेरामा परेका छन् ।

छानविन समितिका एसएसपी लामा मंगलबार महाशाखामा पुग्दा महाशाखा प्रमुख एसएसपी लोहनी विदामा बसेका थिए । महाशाखाका एसपी नरेन्द्र उप्रेतीले भने अनुसन्धान अझै नसकिएको हुँदा यस बारेमा थप केही पनि सार्वजनिक गर्न नमिल्ने बताउँछन् ।

यस्तो थियो घटना

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार विराटनगर–३, पोखरिया कन्यामार्गमा बा १२ च ५९६३ नम्बरको स्कर्पिओ गाडीको डिकीमा शाक्उ मृत अवस्थामा भेटिएका थिए ।अपराध महाशाखा र मोरङ प्रहरीको टोलीले म्याट्रेस, त्रिपालले बेरेको अवस्थामा उनको शव भेटेको थियो । सुन तस्करीको विषयमा लेनदेन नमिलेका कारण शाक्यलाई सिराहाबाट अपहरण गरी कुटपिट गरेर हत्या गरेको खुल्न आएको अपराध महाशाखाले जनाएको थियो । मोरङ, उर्लाबारी–७ का ३३ वर्षीय शाक्य फागुन १५ गते अपहरणमा परेका थिए ।

शाक्यले तस्करीको साढे ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याउँदा निश्चित रकम पाउने भनिएको थियो । तर, एकाएक सुन गायब भएपछि पहिलो निशानामा परे शाक्य । जसले तस्करीको सुन गलत व्यक्तिको हातमा थमाए ।सुन हराएपछि मालिकहरुबीच हल्लिखल्ली मच्चियो । सुन मालिकले भरियाको सुराकी गर्न काभ्रेका टेकराज मल्ल, उर्लाबारीकै नरेन्द्र कार्की र मोहन काफ्लेलाई खटाए ।यद्यपि, सुन गलत व्यक्तिको हातमा पुगेपछी सिराहामा लगेर यातना दिइ शाक्यको हत्या गरी भारततर्फ लैजादै गर्दा विराटनगर–३, पोखरियामा उनीहरु प्रहरी फन्दामा परेका थिए ।

तर, त्यसपछि प्रहरीले यस बारेमा थप विवरण अहिलेसम्म पनि बाहिर ल्याउन सकेको छैन । जसका कारण प्रहरीको नियत माथि नै शंका देखिएको भन्दै गृहले छानविन समिति गठन गरेको हो ।यसअघि पनि १८ किलो सुन तस्करीमा बेइमानी गरेपछी रसुवाका २९ वर्षे गगन लामाको असोजमा छुरा प्रहार गरी स्वयम्भूमा हत्या भएको थियो ।महाशाखाका अनुसार गगनले रसुवागढी नाका हुँदै ल्याएको १८ किलो तस्करीको सुनमध्ये १२ किलोमात्र साहुलाई जिम्मा लगाएका थिए । सुन बुझाएपछि उनी फरार थिए । तर, ६ किलो सुन हिनामिना भएपछि सुनका चिनियाँ मालिक लाक्पा ग्याल्जेन तामाङलगायत भरियामाथि दबाब दिएएर हत्या गर्न लगाएको बुझिन आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय