March 19, 2018

यी ‘चेन होटल’ खुल्दैछन् नेपालमा, लगानी नेपालीकै

 

 चैत ५,काठमाडौं । नेपालमा पछिल्लो समय ‘चेन होटल’ खुल्ने क्रम बढेको छ । विश्वका विभिन्न देशमा सञ्चालित प्रतिष्ठित होटल नेपालमा पनि खुल्न थालेका हुन् । यद्यपि, नेपालमा चेन कम्पनी भित्र्याउने अधिकांश होटल नेपाली लागानीकै छन् । 

“नेपालमा लगानी गरेका चेन कम्पनीका अधिकांश होटल नेपालीकै छन् । नेपालबाट विदेश गएर लगानी गरेका लगानीकर्ताले नेपालमा पनि लगानी गरिरहेका छन्,” होटल संघ नेपाल (हान)का महासचिव विनायक शाह भन्छन्, “विश्वका विभिन्न देशमा होटलमा लगानी गरेर सफल भएर नेपालमा लगानी गर्ने नेपाली वा विदेशी जो भए पनि राम्रो कुरा हो ।” 

नेपालमा यसरी चेन कम्पनी भित्र्याउने तथा लगानी गर्ने अधिकांश व्यापारिक घराना छन् । यस्ता कम्पनीहरु नेपालमा होटल व्यवसायमा आकर्षित भएका छन् । “होटल व्यवसाय अहिले विश्वकै दु्रत गतिमा लगानी भैरहेको क्षेत्र हो,” हानका प्रवक्ता शाह भन्छन्, “नेपालमा झनै होटल क्षेत्रमा तीव्र गतिमा लगानी भैरहेको छ । नेपालका अधिकांश विजनेश घरानाहरुले होटलमा लगानी गरिरहेका छन् । विदेशमा लगानी गरेकाहरु नै नेपालमा पनि लगानी गरिरहेका छन् ।”

घरेलु तथा उद्योग विभागका अनुसार नेपालमा होटलमा वैदेशिक लगानी गर्ने अन्तर्राष्ट्रिय संस्था तथा व्यक्तिको संख्या उच्च रहेको बताउँछन् । लगानीसँगै उद्योगको व्यवस्थापनको जिम्मा लिने अन्तर्राष्ट्रिय कम्पनीको संख्या धेरै रहेको विभागका निर्देशक दुर्गाप्रसाद भुषाल बताउँछन् । “अन्तर्राष्ट्रिय कप्पनीको ब्रान्ड यहीँका व्यापारिक कम्पनीहरुले भित्र्याइरहेका छन्,” निर्देशक भुषाल भन्छन् । उनका अनुसार विदेशीको लगानीभन्दा पनि ब्रान्ड भित्र्याउने प्रवृत्ति बढी छ । 

विश्वकै झण्डै आधा जनसंख्या भएका भारत र चीनको बीचमा रहेको नेपाल पर्यटनका हिसाबले ठूलो सम्भावनाको क्षेत्र भएकाले पनि चेन कम्पनीहरु आकर्षित हुन थालेका हुन् । “भारत र चीनमा पहिलेको जस्तो अहिले पर्यटनका लागि सिजन कुर्न छाडिएको छ,” शाहले भने, “चाइनिज र इण्डियनहरुमा अहिले पर्यटनको संस्कृति विकास हुँदै गएको छ र उनीहरु सिजन पनि कुरेर बस्दैनन् ।”

भारत र चीनबाट हवाई तथा पैदल मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या पनि उच्च रहेको छ । चेन कम्पनीहरुले आफ्नो होटलका लागि आवश्यक पर्यटकका लागि आफैं मार्केटिङ गर्ने गर्छन् । विभिन्न देशमा आफ्नो शाखा तथा सम्बन्ध हुने भएकाले आफ्नो होटलका लागि आवश्यक विदेशी पर्यटक ल्याउन यस्ता होटलहरुलाई सजिलो हुन्छ । चेन होटलका मुख्य विशेषतामध्येको यो पनि एक हो । 

नेपालमा भित्रिन लागेका चेन होटलहरुमा स्टार उडको सेराटन, मेरियट र अलफ्ट, भारतको डुसिट इन्टरनेशनल, लर्डस् मिरेज लीला, कर्लक्स ग्रुप, एमआइटी ग्रुप, थानी इन्टरनेशनललगायत छन् । कर्लक्सका विश्वभर ४० वटा होटल सञ्चालनमा छन् । त्यस्तै, लर्डस् मिरेजका  भारतमा २६ वटा चेन होटल सञ्चालनमा छन् । काठमाडौंको बत्तिसपुतलीमा रहेको लर्डस् मिरेज होटल भारतीय चेन होटलकै हो ।  

पाँचतारे होटल अन्नपूर्णले थाइल्यान्डको लक्जरी होटल समूह थानी इन्टरनेशनललाई लिएर आउँदैछ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको अष्ट्रेलियाको एमआइटी ग्रुप होल्डिङ्सले होटल शेराटन काठमाडौं निर्माण गरिरहेको छ । शेराटन निर्माणका लागि ८ अर्ब खर्चिने घलेले बताइसकेका छन् । शेराटन  स्टारउडको सिंगापुरे लक्जरी होटल ब्रान्ड हो ।
स्टारउडको अलफ्ट ब्रान्ड पनि नेपालमा प्रवेश गर्ने निश्चित भैसकेको छ । ठमेलमा निर्माणाधीन अलफ्ट काठमाडौंमा चेन होटल अलफ्फ्ट आउनेछ । अमेरिकी होटल चेन मेरियटलाई एमएस ग्रुपले नेपाल भित्र्याएको छ । चेन मेरियटले काठमाडौंको नक्सालमा पाँचतारे होटल निर्माण गरिरहेको छ । त्यस्तै, समिट ग्रुपले भारतको लिला प्यालेस होटल्स एन्ड रिसोर्ट भित्र्याउने भएको छ । 

पाँचतारे होटल फूलबारी भारतीय कर्लक्सले यसअघि नै व्यवस्थापनको जिम्मा लिइसकको छ । विदेशी ब्राण्ड ल्याएर होटल खोलिसकेका भन्दा पनि खोल्ने घोषणा गरेका व्यापारिक घरानाहरु धेरै छन् । शेखर ग्रुप, लक्ष्मी ग्रुप, यति ग्रुपले अन्तर्राष्ट्रिय चेन कम्पनी नेपाल भित्र्याएर ठूलो लगानीमा होटल खोल्ने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले विदेशी ब्रान्ड ल्याएर काठमाडौं, पोखरा र लुम्विनीमा होटल खोल्ने घोषणा गरेका छन् भने सुमार्गी ग्रुपले युरोपेली ब्राण्ड ल्याउने तयारी गरिरहेको छ । अजेयराज सुमार्गीको मुक्तिश्री प्रालिले युरोपेली चेन होटल भित्र्याएर काठमाडौंमा होटल निर्माण गर्ने घोषणा गरिसकेको छ । अन्तर्राष्ट्रिय चेन होटलहरुले आफ्नो स्तर कायम राख्दै होटलमा लगानी गर्ने तथा सञ्चालनमा रहेका होटलहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा