March 12, 2018

माफियाहरुले कार्यालयहरू कब्जा गरेका छन् : मुख्यमन्त्री पौडेल

“सरकारी कार्यालयमा संस्थागतरुपमै भ्रष्टाचार भइरहेको छ, पैसा नखुवाइकन काम गर्नसक्ने अवस्था नै छैन, जहाँ गयो त्यहीँ भ्रष्टाचार हुन्छ,” मुख्यमन्त्री पौडेलले भन्नुभयो–“सारा माफियाको सञ्जाल फैलिएको छ, जहाँ गएपनि दलाललाई नसमातिकन काम गर्न सकिँदैन, सबै कार्यालय दलालीहरूले कब्जा गरेका छन् ।”

भ्रष्टाचारको जालोलाई च्यात्दै भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सबैले प्रतिबद्ध भएर लागे देशलाई भ्रष्टाचारमुक्त बनाउन सकिने बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–“अबका दिनमा यो मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ, अब हामी बचन दिन्छौँ, भ्रष्टाचारबाट देशलाई मुक्त गर्छौँ ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले आजदेखि नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा भएको बताउँदै नगरपालिकाले स्वास्थ्यको सबै जिम्मेवारी पुरा गर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाभित्रका १८ जना ज्येष्ठ नागरिक, दुईजना दलित नागरिक, स्वास्थ्य स्वयंसेविका लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन