March 10, 2018

“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, – प्रम अाेली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको बताउनुभएको छ ।  उहाँले भन्नुभयो,“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु ।” नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको आज यहाँ शिलान्यास गर्दै आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको उल्लेख गर्नुभयो ।

“मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो, समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नैपर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ” प्रधामन्त्री ओलीले भन्नुभयो । विसं २०७७ भित्र मैले शिलान्यास गरेको भवन निर्माण सम्पन्न हुनैपर्नेमा जोड दिँदै उहाँले समयभित्र भवन निर्माण सम्पन्न गराउन आफूले नयाँ परम्परा बसाल्ने जानकारी समेत दिनुभयो ।

सरकारी अस्पताल भन्दा निजी राम्रो होइन 

सरकारी अस्पतालले भन्दा निजी अस्पतालले दिने सेवा राम्रो हुन्छ भन्ने आम जनमानसमा रहेको कुरामा नाक ठोकिएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा गम्भीर भएर सेवा दिन चिकित्सकलाई आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो–“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने, एउटा खुट्टा बिरामी छ अर्काेको उपचार गर्ने ? यो तहको चिकित्सा सेवाले कहाँ पु¥याउँछ ? यस प्रकारको हेलचक्रा्याईं दोहोरिन भएन, चिकित्सक र सिंगो चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो ।”

प्रधानमन्त्री ओलीले आफूले प्राविधिक शिक्षाको विकास र विस्तारमा पहिलो प्राथमिकता दिने जानकारी दिँदै आम जनताको स्वास्थ्यस्थितिमा सुधार ल्याउन गुणात्मक फड्को मारिने उल्लेख गर्नुभयो ।

प्रकृतिले नेपाललाई आरोग्यभूमि दिएको प्रसंग उल्लेख गर्दै उहाँले विकासले ल्याएको असन्तुलित प्रयोगलाई रोक्न आवश्यक रहेकोमा जोड समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा