March 2, 2018

सार्वजनिक जग्गामा के गर्दैछ महानगरपालिका?

फल्गुण १८,काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा रहेको सार्वजनिक जग्गा खोजी सुरु गरेको छ ।कामपाले सबै वडालाई लिखित निर्देशन दिएपछि सबै वडाले सार्वजनिक जग्गा खोजी कार्य सुरु गरेको हो ।कामपा ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले सार्वजनिक जग्गाको खोजी सुरु गरिएको जानकारी दिए ।

कामपाले मंगलबार त्रिपुरेश्वरको कुमारीमार्गको करिब १ रोपनी १४ आना २ दाम जग्गा रेखांकन गरेको छ ।सो वडामा करिब ८ रोपनी सार्वजनिक जग्गा रहेको उनले जानकारी दिए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।ईश्वरराज ढकालले समाचारमा लेखेका छन्, कामपाका मेयर बिद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा खोजी गरी तत्काल पार्कका रुपमा विकास गर्न सबै वडालाई लिखित पत्र पठाएको बताए । 

कामपाले सार्वजनिक जग्गामा मन्दिर वा क्लब निर्माण गर्नेभन्दा पनि खुला क्षेत्रका रुपमा विकास गर्न निर्देशन दिएको छ ।सार्वजनिक जग्गा भेट्यो कि मन्दिर वा भवन बनाउने प्रवित्तिलाई रोक्न र सबै जग्गामा पार्क निर्माण गर्न निर्देशन दिएको मेयर शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर