February 28, 2018

कहाँबाट काम सुरु गर्दैछन् अर्थमन्त्री डा. खतिवडा?


युवराज खतिवडा

युवराज खतिवडा

    फागुन १६ ,काठमाडौं । दक्ष मानिएका डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएपछि धेरै मानिस आशावादी बनेका छन्। तैपनि सबैमा चासो छ, उनले आफ्नो काम कहाँबाट सुरु गर्लान्। आर्थिक क्षेत्र अस्तव्यस्त रहेकोले उनलाई पनि यसलाई सही मार्गमा ल्याउन सजिलो छैन। तर अर्थमन्त्री खतिवडा मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ आफ्नो मुख्य ध्येय पूरा गर्नेगरी काम सुरु गरिसकेका छन्।

 

नयाँ सरकारका लागि अहिले सबैभन्दा ठूलो चुनौती भनेको आगामी बजेट नै हो। जेठ १५ गते सार्वजनिक गरिने बजेट पहिलो पटक संघीय संरचनामा निर्माण हुदैँछ। त्यसको लागि मन्त्री खतिवडाले चालु आवको बजेटको समीक्षा यो हप्ता भित्र गरिसक्न अर्थ मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिइसकेका छन्।मन्त्रालयका सबै महाशाखा प्रमुखलाई उनले शुक्रबारसम्ममा अर्धवार्षिक समीक्षा सकिसक्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए।

चालु आवको बजेटको खर्च अवस्था हेरेर नयाँ बजेट निर्माणको खाका बनाउने सोचमा अर्थ मन्त्री रहेको उनको भनाइ छ। आगामी बजेटका शीर्षकहरु कम रहेपनि कूल बजेट भने बढाउनु पर्ने अवस्था छ। त्यसको लागि बजेटको स्रोतमा रकम बढी देखाउनु पर्ने हुन्छ।बजेटको स्रोतको दायरा कसरी फराकिलो बनाउने भन्ने छलफलमा अहिले अर्थ मन्त्रालय रहेको छ।बजेटका आन्तरिक र बाह्य गरी दुई स्रोत हुन्छन्। जति सक्दो आन्तरिक स्रोत बलियो बनाउनेतिर मन्त्री खतिवडाले कार्मचारीहरुसँग छलफल गरिरहेको प्रवक्ता पोखरेलको भनाइ छ।

अहिले धेरै तर्फबाट संघीय बजेट ठूलो चाहिने र त्यसको लागि स्रोत नै अपुग हुने प्रतिक्रिया आएपनि सरकारले स्रोत जुटाएरै छाड्नेतर्फ अर्थमन्त्रालय अघि बढेको छ। त्यस्तै अबको बजेटमा आयोजनाको वर्गीकरण गर्नेबारे समेत छलफल भैरहेको छ। मन्त्री खतिवडाले समेत त्यसबारे छलफल गरिसकेका छन्। केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले हेर्ने आयोजनालाई वर्गीकरण गरिने भएको हो। त्यसअनुसार बजेट शीर्षकहरु निर्माण हुनेछन्।

यो बजेटले सरकारको त्रिवर्षीय आयोजना भनेर सार्वजनिक गर्न लागेको ८ सय २० अर्बको संरचना निर्माणलाई समेत ध्यान दिनु पर्ने प्रवक्ता पोखरेलले बताए।८ सय २० अर्ब रुपैंयामा सरकारले आवश्यक पर्ने संरचना निर्माण गर्ने तयारी समेत गरिसकेको छ।देश संघीय संरचनामा गइसकेपछि स्थानीय प्रदेश सरकार अहिले संरचनाविहीन अवस्थामा छ। त्यस्तै केन्द्रीय सरकारको पनि केही कार्यालयहरु भाडामा संचालनमा छन्।अर्थमन्त्री खतिवडाले अहिले संचालनमा रहेको आयोजनालाई समेत प्राथमिकता दिएका छन्। त्यसको बजेटको अवस्था र निर्माणको अवस्था समेत अर्धवार्षिक समीक्षामा आउने देखिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा