February 26, 2018

देउवा सरकारले चकनाचुर परेको अर्थतन्त्रमा सुधार गर्न नयाँ अर्थमन्त्रीले अगाडी सारे सुधारका ५ सूत्र

काठमाडौं, फागुन १४ \    आज सोमबार अर्थमन्त्रालयको कार्यभार सम्हालिसकेपछि त्यहाँ जम्मा भएका मन्त्रालयका अधिकृतहरुलाइ सम्वोधन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले पाँच सूत्रीय प्रतिवद्धता ब्यक्त गरे।

 

  •   लोककल्याणकारी राज्यव्यवस्थाको अवधारणामा राज्यको अभिभावकत्वको भूमिकालाई सुदृढ बनाउने र त्यसका लागि निजी, सहकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने । राज्यको परिपूरक भूमिकामा रहने ।
  • सरकारी वित्त व्यवस्थापनमा अनुशासनहीनताको अन्त्य गर्ने । अर्थतन्त्रमा पारदर्शिता, अनुसाशन र  कुशलतालाई प्राथमिकता राखिने ।
  • हाल मुलुकमा देखिएको समस्या बाहृय कारणले नभई आन्तरिक कारणले नै भएको हुनाले वित्तीय प्रणालीका संरचनात्मक समस्याको समाधान गरिने ।
  • आन्तरिक र बाहृय निजी क्षेत्रलाई परिचालन गरेर लगानी भित्र्याउन अधिकतम प्रयास गर्ने । लगानी बोर्डलाई क्रियाशील बनाउने ।
  • अन्तर्राष्ट्रिय सहयोगलाई राष्ट्रिय स्वार्थमा परिचालन गर्न आवश्यक पहल गर्ने ।

 

अर्थमन्त्रीको सम्वोधनपश्चात् अर्थसचिव शङ्करप्रसाद अधिकारीले भने, “नेपालको अर्थतन्त्रलाई राम्रोसँग बुझेको अर्थमन्त्री हामीले पाएका छौं। मन्त्रीज्यू आफैं अर्थतन्त्रको अवस्थाबारे जानकार हुनुहुन्छ। आमाको अगाडि मामाको के बखान गर्नु।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको