February 26, 2018

उपेन्द्र यादव नेतृत्वको फोरम आज सरकारमा नआउने

 

काठमाडौं, फागुन १४/  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन। त्यसका कारण सोमबारको मन्त्रिपरिषद् विस्तारमै यादवको पार्टी सरकारमा सहभागी हुने सम्भावना भने छैन। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

तर, उसले ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि लचिलो बन्दै सकारात्मक संकेत दिएको छ। फोरम नेता शिवजी यादवका अनुसार प्रधानमन्त्री तथा माओवादी अध्यक्षसँग फोरम अध्यक्षको अनौपचारिक छलफल भइरहेको छ। सरकारमा सहभागिताका लागि फोरमले चारबुँदे प्रस्ताव अगाडि सारेको थियो

‘हामीले माग राखेपछि उहाँहरूले कार्यदल बनाउने कुरा हुनुपर्थ्यो, भइसकेको छैन, सम्भवतः अब कार्यदल बन्छ होला’, यादवले भने, ‘पहिले कार्यदल बन्यो भने त्यसपछिको अवस्था हेरेर फोरम सरकारमा जान्छ।’

प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर