February 24, 2018

प्रधानमन्त्री केपी ओलीको गृहनगरमा साढे तीन खर्बभन्दा बढीका  योजना

    

फागुन १२,

झापा – प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् ।एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा प्रदेश नबर १ कै सबैभन्दा धेरै योजना परेका हुन् ।

नगरभित्र एक सय करोडभन्दा बढीका ६ योजना परेका छन् । आजको कान्तिपुर दैनिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।करोडभन्दा माथिका डेढ दर्जन बढी योजना परेको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज दाहालले जानकारी दिए ।

नगरपालिकाभित्र औद्योगिक पार्क, विश्वकै अग्लो बुद्ध मूर्ति, भ्यु टावर, विज्ञान पार्क, फाल्गुनन्द सभागृह, सपिङ कम्प्लेक्स्, नमुना बजार, रोज गार्डेन पार्क, रिङरोड, संग्रहालय, पुल निर्माण, कालोपत्रे, प्रज्ञा प्रतिष्ठान, पशु बजार निर्माणलगायतका योजना परेका हुन् ।दाहालका अनुसार करोडभन्दा साना योजना दर्जनौं सञ्चालित छन् ।वडा नम्बर १० मा चीन सरकारको लगानीमा औद्योगिक पार्क बन्ने भएको छ । 

चीनको वान बेल्ड वान रोड अन्तर्गत २२ सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर