परराष्ट्रमन्त्रीको कार्यभार पनि आफैंले सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले स्वराजसँग दुईपक्षीय वार्ता पनि आफैं गर्दै हुनुहुन्छ । अहिलेसम्म अघि बढेका परियोजना, सीमाको विवाद र समाधान, डुबान समस्या, सडक सञ्जाल, रेलमार्ग, सीमा अपराध नियन्त्रण, प्रबुद्ध व्यक्ति समूहको लगातार बैठक र प्रगतिलगायत समय–समयमा उठ्ने दुईपक्षीय मामिलाका विषयमा परराष्ट्रले प्रधानमन्त्री देउवालाई जानकारी गराउने तयारी गरेको छ ।
त्यही आधारमा देउवाले स्वराज नेतृत्वको समूहसँग छलफल गर्ने जनाइएको छ । यसका अलावा राजनीतिक छलफल पनि हुने बताइएको छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उहाँले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्नुहुने परराष्ट्र मन्त्रालयले हिजो एक विज्ञप्तिमार्फत जनाएको छ ।
स्वराजले एमाले अध्यक्ष केपी ओली अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेट्ने कार्यक्रम रहेको छ । भारतीय विदेशमन्त्री स्वराजको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली रहने जनाइएको छ ।
टोलीमा समावेश हुने कूटनीतिज्ञ र सरकारी प्रतिनिधिको सूची हेर्दा भारतले यो भ्रमणलाई निकै महत्व दिएको बुझ्न सकिने विश्लेषकहरुको भनाइ छ । परराष्ट्र मन्त्रालयले बुधबार वक्तव्य जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीसँग स्वराजको भेट हुने कुरा पुष्टि गरे पनि अन्य केही खुलाएको छैन । भारतले नेपालसँगको सम्बन्ध थप मजबुद बनाउन खोजेको पराराष्ट्रविद्हरुले टिप्पणी गरेका छन् ।
नेपालमा नयाँ संविधान घोषणा भएपछिको नाकाबन्दी र त्यसपछि नेपालमा भारत विरुद्ध उत्पन्न भएको जनआक्रोशलाई सम्बोधन गर्ने गरी भारतले सम्बन्ध सुधार गर्न चाहेको उनीहरुको भनाइ छ । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल भारत प्रवुद्ध समुहका नेपाल संयोजक भेषबहादुर थापाले नेपालमा वाम दलले जनमत पाएपछि भारत सम्बन्ध सुधारमा थप आँतुर बनेको बताउनुभयो । स्वराजको भ्रमणपनि सम्बन्ध सुधारकै एउटा खुट्किलो भएको कतिपयले बताएका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको