January 29, 2018

लाज शरम नभएका मन्त्रीले पद खुस्किन लाग्दापनी येस्तो घिन लाग्दा काममा सचीवलाई दबाब दिए !

काठमाडौं १५। सबैभन्दा पछि स्थापना भएको पशुपंक्षी विकास मन्त्रालयमा राज्यमन्त्री शम्भुलाल श्रेष्ठले सुरु नै नभएको परियोजनामा कर्मचारी राख्न दबाब दिने गरेको खबर छ । विश्व बैंकको सहयोगमा पशुपंक्षी मन्त्रालयअन्तर्गत १२ अर्ब रुपैयाँको ‘लाइभस्टक सेक्टर इनोभेसन प्रोेजेक्ट’ १ देखि ५ नम्बर प्रदेशका जिल्लाहरुमा संचालन हुँदैछ ।  तर परियोजना सुरु नहुँदै राज्यमन्त्री श्रेष्ठले सर्लाहीका आफन्त भर्ति गर्न दबाब दिन थालेका छन् । जबकि उक्त प्रोजेक्टको सर्लाही जिल्ला कार्यक्षेत्र नै छैन ।

राज्यमन्त्री श्रेष्ठले सचिव विश्वनाथ ओलीलाई ‘तपाईका काम मात्र गर्न राज्यमन्त्री भएको हुँ  र’ भन्दै प्रोजेक्टमा आफन्त भर्ति गर्न दबाब दिएको स्रोतले बताएको छ । सचिवले पनि ”म चाहिं तपाईका आफन्त भर्ति गर्नका लागि सचिव भएको हुँ र ? नियमअनुसारका काम गर्छु, प्रोजेक्ट नै सुरु नभई कसरी मानिस राख्न मिल्छ” भनेर जवाफ दिएपछि राज्यमन्त्री हिस्स परेको बताइन्छ ।  सिनियर सचिव ओलीलाई देउवा सरकारले वातावरण मन्त्रालयबाट पशुपंक्षीमा धपाएको थियो ।

‘लाइभस्टक सेक्टर इनोभेसन प्रोेजेक्ट आफन्त भर्ति र दुग्ध विकास संस्थानको महाप्रबन्धक र दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक नियुक्ति गरी यहीबीचमा राज्यमन्त्री असुली गर्ने योजनामा रहेको मन्त्रालय स्रोत बताउछ । माओवादीबाट राज्यमन्त्री भएका श्रेष्ठ चुनावअघि टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका थिए । र, प्रधानमन्त्री देउवाले सबै माओवादी मन्त्रीलाई विनाविभागीय बनाए पनि उनलाई पशुपक्षी मन्त्रालयको जिम्मा दिएका थिए । दुग्ध विकास संस्थानको महाप्रबन्धक बनाउने भनेर चुनावमा गंगा तिमिल्सिनासंग आर्थिक सहयोग लिएर पछि इश्वरी अधिकारीलाई नियुक्ति गर्र्न खोजेका थिए । तर अदालतमा मुद्दा दायर भएकाले रोकिएको छ । तिमिल्सिना र राज्यमन्त्रीबीच आर्थिक लेनदेन गरेर पनि महाप्रबन्धक नबनाएकोमा विवाद समेत भएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

ती अधिकारीका अनुसार, राज्यमन्त्री श्रेष्ठले तिमिल्सिनाबाट लेनदेन गरी उनलाई धोका दिइसकेका छन् । अब ईश्वरी अधिकारीसंग कुस्त पैसा लिएर नियुक्ति गर्न खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा