January 29, 2018

लाज शरम नभएका मन्त्रीले पद खुस्किन लाग्दापनी येस्तो घिन लाग्दा काममा सचीवलाई दबाब दिए !

काठमाडौं १५। सबैभन्दा पछि स्थापना भएको पशुपंक्षी विकास मन्त्रालयमा राज्यमन्त्री शम्भुलाल श्रेष्ठले सुरु नै नभएको परियोजनामा कर्मचारी राख्न दबाब दिने गरेको खबर छ । विश्व बैंकको सहयोगमा पशुपंक्षी मन्त्रालयअन्तर्गत १२ अर्ब रुपैयाँको ‘लाइभस्टक सेक्टर इनोभेसन प्रोेजेक्ट’ १ देखि ५ नम्बर प्रदेशका जिल्लाहरुमा संचालन हुँदैछ ।  तर परियोजना सुरु नहुँदै राज्यमन्त्री श्रेष्ठले सर्लाहीका आफन्त भर्ति गर्न दबाब दिन थालेका छन् । जबकि उक्त प्रोजेक्टको सर्लाही जिल्ला कार्यक्षेत्र नै छैन ।

राज्यमन्त्री श्रेष्ठले सचिव विश्वनाथ ओलीलाई ‘तपाईका काम मात्र गर्न राज्यमन्त्री भएको हुँ  र’ भन्दै प्रोजेक्टमा आफन्त भर्ति गर्न दबाब दिएको स्रोतले बताएको छ । सचिवले पनि ”म चाहिं तपाईका आफन्त भर्ति गर्नका लागि सचिव भएको हुँ र ? नियमअनुसारका काम गर्छु, प्रोजेक्ट नै सुरु नभई कसरी मानिस राख्न मिल्छ” भनेर जवाफ दिएपछि राज्यमन्त्री हिस्स परेको बताइन्छ ।  सिनियर सचिव ओलीलाई देउवा सरकारले वातावरण मन्त्रालयबाट पशुपंक्षीमा धपाएको थियो ।

‘लाइभस्टक सेक्टर इनोभेसन प्रोेजेक्ट आफन्त भर्ति र दुग्ध विकास संस्थानको महाप्रबन्धक र दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक नियुक्ति गरी यहीबीचमा राज्यमन्त्री असुली गर्ने योजनामा रहेको मन्त्रालय स्रोत बताउछ । माओवादीबाट राज्यमन्त्री भएका श्रेष्ठ चुनावअघि टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका थिए । र, प्रधानमन्त्री देउवाले सबै माओवादी मन्त्रीलाई विनाविभागीय बनाए पनि उनलाई पशुपक्षी मन्त्रालयको जिम्मा दिएका थिए । दुग्ध विकास संस्थानको महाप्रबन्धक बनाउने भनेर चुनावमा गंगा तिमिल्सिनासंग आर्थिक सहयोग लिएर पछि इश्वरी अधिकारीलाई नियुक्ति गर्र्न खोजेका थिए । तर अदालतमा मुद्दा दायर भएकाले रोकिएको छ । तिमिल्सिना र राज्यमन्त्रीबीच आर्थिक लेनदेन गरेर पनि महाप्रबन्धक नबनाएकोमा विवाद समेत भएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

ती अधिकारीका अनुसार, राज्यमन्त्री श्रेष्ठले तिमिल्सिनाबाट लेनदेन गरी उनलाई धोका दिइसकेका छन् । अब ईश्वरी अधिकारीसंग कुस्त पैसा लिएर नियुक्ति गर्न खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित