January 20, 2018

३ नम्बर प्रदेशको राजधानी भक्तपुरमा हुनुपर्ने माग गर्दै देउवा र बिजुक्छेको तस्विरमा कालोमोसो !

माघ ६, भक्तपुर ।
 

भक्तपुरमा ३ नं. नम्बर प्रदेशको राजधानी माग गर्दै आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् स्थानीय विकास तथा संघिय मामिला मन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको तस्विरमा कालोमोसो दलेका छन् ।

शुक्रबार दिउसों मध्यपुर थिमी बाह्खा बजारमा आन्दोलनकारीहरुले तीन नेताको तस्बिरमा कालोमोसो दली आगो लगाई बिरोध जनाएका छन् ।

प्राविधिक कार्यदलले दिएको प्रतिवेदन लत्याउँदैं प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा तोकेको भन्दैं भक्तपुरका स्थानीयले बिरोध जनाउँदै आन्दोलन गरेका छन् ।

सबै पूर्वाधारका दृष्टिकोणले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर उपयुक्त हुने कार्यदलको प्रतिवेदन लत्याउँदै अन्य सबै जिल्लालाई अपायक पर्ने गरी मुकाम तोकेको भन्दै भक्तपुर जनताले आन्दोलन गरेका हुन् । 

आन्दोलनमा सहभागि प्रतिनिधी सभा सांसद महेश बस्नेत, प्रदेश सभा सांसद शशिजंग थापा, भक्तपुरका जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल लगायतले प्राविधिक कार्यदलले दिएको प्रतिवेदनकै आधारमा मुकाम फिर्ता गरी भक्तपुर कायम गर्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन