ग्यास उद्योग आगलागी प्रतिवदन : दोषी उद्योगको बचाउ, सामान्य कारबाहीको सिफारिस

वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास लिकपछि भएको आगलागी प्रकरणमा सरकारी अध्ययन टोलीले दोषी उद्योगको बचाउ गर्दै सामान्य कारबाहीको सिफारिस गरेको छ । सरकारी टोलीले अध्ययनपश्चात् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा दोषी मानिएका उद्योगीलाई सामान्य कारबाहीको सिफारिस गरेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।gas_plant_1_cAPNjGa25vपुस ५ गते भएको उक्त दुर्घटनाको यथार्थ जानकारी लिन प्रधानमन्त्री कार्यालयको निर्देशनमा आपूर्ति मन्त्रालयले आपूर्ति विभागको महानिर्देशक कुमार दाहालको संयोजकत्वमा गृह, उद्योग मन्त्रालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग सदस्य रहने गरी ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले पुस ७ देखि १२ गतेसम्म स्थलगत अध्ययन गरी अघिल्लो सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।

आपूर्ति मन्त्रालयका सचिव अनिल ठाकुरले दाहाल नेतृत्वको टोलीले तयार पारेको छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाएको जानकारी दिए । प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।उक्त ग्यास आगलागीमा परी तीन जनाको ज्यान गइसकेको छ भने आधा दर्जन संख्यामा उद्योगका कर्मचारी घाइते छन् ।

छानबिन समितिका संयोजक दाहालले प्रतिवेदन बुझाइए पनि प्रतिवेदनमा भएका विषयवस्तु, उठाइएका त्रुटिबारे जानकारी दिन मानेनन् । ‘प्रतिवेदन प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पठाइसकेका छौं । ती दुवै निकायबाट आउने निर्देशनका आधारमा थप प्रक्रिया अघि बढाउँछौं । अहिले नै केही भन्न सकिन्न’, उनले भने, ‘सरकारी मापदण्डलाई अटेर गरी असुरक्षित र मानवीय त्रुटिका कारण उक्त घटना भएको प्रतिवेदनको निष्कर्ष छ । पीडीओ रोक्का गरी तत्कालका लागि चेतावनी दिएका छौं ।’

सरकारी टोलीले उद्योगको हकमा कारबाहीबापत सामान्य प्रकृतिको प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) मात्रै रोक्ने सिफारिस गरेको छ । मानव बस्ती र कार्यरत कर्मचारीको ज्यानै जोखिममा राखेर असुरक्षित रूपमा उद्योग सञ्चालन गरे पनि कडा खालको कारबाहीका लागि सिफारिस गरेको छैन । आयल निगमले उपलब्ध गराउने पीडीओकै आधारमा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले ग्यास उपलब्ध गराउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित