तुर्माखाद गाउँपालिका ३ भैरवस्थानको लकान्द्रामा छाउपडी गोठमा एक महिलाको मृत्यु भएको छ ।

सोमबार छाउगोठमा २३ वर्षीया गौरी बुढा वयक मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
‘प्रहरी टोली घटनास्थल पुगेको छ । कसरी ज्यान गयो भन्ने जानकारी पोस्टमार्टमपछि मात्र थाहा हुनेछ,’ न्यौपानेले भने ।, आजको कान्तिपुरमा यो खबर छ ।
छाउपडी कुप्रथा अन्त्य गर्न भन्दै जिल्लामा दर्जनौं गैरसरकारी संस्था कार्यरत छन् । एक दशकदेखि महिला अधिकार क्षेत्रमा काम गर्दै आएकी पशुपति कुँवर एक्लै लागेर कुनै प्रतिफल प्राप्त गर्न नसकिने बताउँछिन् । ‘कुनै एनजीओ आईएनजीओले काम गरेजस्तो गरेर छाउपडी कुप्रथा हटदैन,’ उनले भनिन्, ‘यसलाई राजनीतिक मुद्दा बनाइएन । नेताहरू बोल्दैनन् ।’ स्थानीय नेता, वकिल र शिक्षकहरूले छाउपडीविरुद्ध खुलेर बोल्न नसकेको उनको आरोप छ ।
‘बर्सेनि अछाममा गोठमै ज्यान जाने गरेको सुन्दा म जस्ता अभियान चलाउँदै हिँडेका महिला नै थाक्नुपर्ने अवस्था आएको छ,’ उनले छाउपडीविरुद्धको कानुन कार्यान्वयन गर्नुपर्ने बताइन् । १० वर्षयता जिल्लामा ९ महिलाको छाउगोठमै मृत्यु भएको छ । चार वर्षअघि अछामको रिडिकोट ४ की १५ वर्षीया शर्मिला भुलको छाउपडी गोठमै मृत्यु भएको थियो ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर