तुर्माखाद गाउँपालिका ३ भैरवस्थानको लकान्द्रामा छाउपडी गोठमा एक महिलाको मृत्यु भएको छ ।

सोमबार छाउगोठमा २३ वर्षीया गौरी बुढा वयक मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
‘प्रहरी टोली घटनास्थल पुगेको छ । कसरी ज्यान गयो भन्ने जानकारी पोस्टमार्टमपछि मात्र थाहा हुनेछ,’ न्यौपानेले भने ।, आजको कान्तिपुरमा यो खबर छ ।
छाउपडी कुप्रथा अन्त्य गर्न भन्दै जिल्लामा दर्जनौं गैरसरकारी संस्था कार्यरत छन् । एक दशकदेखि महिला अधिकार क्षेत्रमा काम गर्दै आएकी पशुपति कुँवर एक्लै लागेर कुनै प्रतिफल प्राप्त गर्न नसकिने बताउँछिन् । ‘कुनै एनजीओ आईएनजीओले काम गरेजस्तो गरेर छाउपडी कुप्रथा हटदैन,’ उनले भनिन्, ‘यसलाई राजनीतिक मुद्दा बनाइएन । नेताहरू बोल्दैनन् ।’ स्थानीय नेता, वकिल र शिक्षकहरूले छाउपडीविरुद्ध खुलेर बोल्न नसकेको उनको आरोप छ ।
‘बर्सेनि अछाममा गोठमै ज्यान जाने गरेको सुन्दा म जस्ता अभियान चलाउँदै हिँडेका महिला नै थाक्नुपर्ने अवस्था आएको छ,’ उनले छाउपडीविरुद्धको कानुन कार्यान्वयन गर्नुपर्ने बताइन् । १० वर्षयता जिल्लामा ९ महिलाको छाउगोठमै मृत्यु भएको छ । चार वर्षअघि अछामको रिडिकोट ४ की १५ वर्षीया शर्मिला भुलको छाउपडी गोठमै मृत्यु भएको थियो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित