एमाले कार्यकर्ताको गोली हानी हत्या

पुस २२,बुटवल : रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले बताए । 

butwal-byawasai_VWeaZ1qgoL

जिम्मा मनोज पुनले लिए
हत्याको जिम्मा मनोज पुनले लिएका छन् । यसअघि युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनकै संलग्नता थियो । आफू मलेसियाबाट बोलेको भन्दै उनले वसन्तको हत्या ‘आफ्ना केटाहरूले’ गरेको बताएका छन् । केही सञ्चारकर्मीलाई फोन गरेर उनले आफूसँगको रिसइवीका कारण हत्या गरेको बताएका छन् ।

को हुन् वसन्त ?
पौडेल स्थानीय एमाले नेता नीलकण्ठ पौडेलका एक मात्र छोरा हुन् । साबिकको केरवानी गाविसका पूर्वअध्यक्ष नीलकण्ठ देवदह क्षेत्रका समाजसेवी हुन् । विगतमा युवासंघको क्षेत्रीय कोषाध्यक्ष भएर काम गरेका वसन्तले पछि पार्टी सदस्यता लिएका थिए । युवासंघका तत्कालीन अध्यक्ष दुर्गा तिवारीसँगै युवासंघको राजनीतिमा सक्रिय वसन्तले उज्ज्वल सःमिल चलाउँदै आएका थिए ।

पटकपटक धम्की खेप्दै आएका थिए वसन्तले
स्थानीय एमाले नेताहरूका अनुसार वसन्तलाई मनोज पुनको नाममा पटकपटक धम्की आउने गरेको थियो । दुर्गा तिवारीको हत्यालगत्तै अब तेरो पालो हो भन्ने धम्की वसन्तले पाएका थिए । पटकपटक धम्की आएको कुरा प्रहरी प्रशासनलाई पनि थाहा रहेको स्थानीयको भनाइ छ । पटकपटक धम्की खेप्दै आएका वसन्तले पछिल्लोपटक मोबाइल नम्बर नै परिवर्तन गरेका थिए ।

को हुन् मनोज ?
युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारी र वसन्त पौडेलकोे हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा युवासंघकै कार्यकर्ता थिए । रूपन्देहीको देवदह नगरपालिका–६ का मनोज पुन भन्ने मनोज बुढामगरको समूहले पछिल्ला वर्षमा चन्दाआतंक मच्चाउँदै आएको छ । मनोज संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीको भनाइ छ । ४ पुस ०७३ मा युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

युवासंघद्वारा अनिश्चितकालीन बन्दको घोषणा

पौडेल हत्याको विरोधमा युवासंघ नेपालले शनिबार बिहान ७ बजेदेखि अनिश्चितकालीन रूपन्देही बन्दको घोषणा गरेको छ । संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुजु मल्ल र जिल्ला अध्यक्ष नकुल शाहीले शुक्रबार विज्ञप्ति जारी गर्दैे पौडेलको हत्या अत्यन्तै दुःखद र निन्दनीय भएको भन्दै अनिश्चितकालीन जिल्ला बन्द गर्न बाध्य भएको उल्लेख गरेका छन् । ‘युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको ठीक एक वर्षपछि फेरि यस्तो घटना घट्नु प्रहरी प्रशासनको कमी–कमजोरी हो, जबसम्म यो घटनामा संलग्न हत्यारा पक्राउ गरिँदैन, तबसम्म हाम्रो आन्दोलन रोकिने छैन,’ विज्ञप्तिमा भनिएको छ ।

यसरी भयो गोली प्रहार

शुक्रबार बिहान करिब ११ बजे वसन्त र उनकी पत्नी ढेकारस्थित सःमिलको कम्पाउन्डभित्र आगो तापेर बसेका थिए । त्यही वेला मोटरसाइकलमा दुईजना आए । इप्रका बुटवलका डिएसपी पवन भट्टराईका अनुसार सुरुमा उनीहरूले आफूलाई काठ चाहिएको बताएका थिए । लगत्तै एकजनाले पौडेलमाथि गोली प्रहार गरे । छातीमा गोली लागेका उनी त्यहीँ ढले । गोली हानेपछि उनीहरू मोटरसाइकलमै फरार भएका छन् । पौडेललाई तत्काल उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)