काठमाडौं,पुस २२ : चुनावी व्यस्तताका कारण नियमित उपचारलाई थाती राखेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने भएका छन्। नियमित स्वास्थ्योपचारका लागि बैंकक प्रस्थान गर्ने तयारी भइरहेको ओलीको निजी सचिवालयले जनाएको छ ।
सचिवालयले अन्नपूर्णसँग भने, ‘नियमित उपचारका सिलसिलामा फलोअपका लागि हिजो-अस्ति नै जान खोजिएको हो। तर, विकनेस (कमजोरी) भएपछि अलिक दिन बसेर जाने भन्ने छ। गम्भीर अवस्था केही होइन। फलोअप उपचारका लागि जान लाग्नुभएको हो।’
ओलीको स्वास्थ्योपचार गर्दै आएको बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकसँग सम्पर्क गरी बैंकक जाने तयारी भइरहेको छ। समय र परिस्थिति मिले आगामी बुधबार ओली बैंकक प्रस्थान गर्नेछन्। यसअघि उनी भदौ दोस्रो साता बैंकक गई नियमित उपचार गरी फर्केका थिए। ओलीका साथ उनकी पत्नी राधिका शाक्य पनि बैंकक जानेछिन्।
प्रदेश र प्रतिनिधिसभा चुनावका बेला ९० भन्दा बढी चुनावी सभामा सम्बोधन गरेका ओलीलाई एक सातादेखि कडा खालको झाडापखालाले सताएको थियो। याे खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर