संविधानको व्यवस्थाअनुसार केन्द्रमा २५ र सात प्रदेशमा बढीमा एक सय १० मन्त्री बन्दै । आजको नयाँ पत्रिकामा खबर छ ।
नयाँ सरकारका मन्त्रालय कस्ता ?
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन् । मन्त्रालय एक–अर्कामा मर्ज गर्ने विषय नयाँ सरकार गठनपछि कार्यान्वयन हुने भएकाले त्यसबारे कुनै निर्णय नहुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । सरकारले अत्यावश्यकबाहेक अन्य निर्णय गर्न नचाहेको उनले बताए ।
‘संविधानले नयाँ बन्ने मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने व्यवस्था गरेको छ, अहिले रहेका मन्त्रालयमध्ये कुन कहाँ गाभ्ने र जम्मा कति मन्त्रालय राख्ने नयाँ सरकारको विषय हो,’ परियारले भने । अहिले ३० मन्त्रालय छन् भने ६४ सदस्यीय मन्त्रिपरिषद् छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका केही उच्च सरकारी अधिकारीले भने सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रस्तावको आधारमा अहिलेकै सरकारले नयाँ मन्त्रालयको संख्या र संरचना घोषणा गर्न सक्ने बताएका छन् ।
यी हुन् प्रस्तावित मन्त्रालय

१५ मन्त्रालयको प्रस्ताव
तत्कालीन सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत नेतृत्वको अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले केन्द्रीय सरकारमा १५ मन्त्रालय राख्ने प्रस्ताव गरी मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त प्रस्ताव अहिले पनि मन्त्रिपरिषद्को प्रशासन समितिमा विचाराधीन रहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि थप अध्ययन गर्न उपप्रधानमन्त्री कमल थापा संयोजकत्वको ‘मन्त्रिपरिषद् प्रशासन समिति’लाई जिम्मा दिएको थियो । समितिका सदस्यहरूले उक्त प्रस्तावमाथि अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख भने अहिलेकै सरकारले नियुक्त गर्ने बताए । अब बस्ने मन्त्रिपरिषद् बैठकले अस्थायी मुकाम र त्यसपछि थप तयारी गरी प्रदेश प्रमुख नियुक्त गर्ने उनले बताए । एमालेले प्रदेश प्रमुख नियुक्त नगर्न दबाब दिइरहेका वेला सरकारले भने प्रदेश प्रमुख तोक्न गृहकार्य गरिरहेको छ ।
‘प्रदेश प्रमुख नहुँदा प्रदेश सभाका जनप्रतिनिधिले शपथसमेत खान नसक्ने भएकाले राजनीतिक पृष्ठभूमि नभएका व्यक्तित्वलाई प्रदेश प्रमुखका रूपमा तोकिनेछन्,’ संयोजक परियारले भने । उनले प्रदेश प्रमुखका लागि विभिन्न व्यक्तित्वबारे छलफल चलिरहेको बताए । उनका अनुसार प्राध्यापक, पूर्वप्रशासक र प्रतिष्ठित समाजसेवीलाई प्रदेश प्रमुखका रूपमा नियुक्त गर्नेबारे गृहकार्य भइरहेको छ ।
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना