December 14, 2017

देशमा अब १३५ मन्त्री: केन्द्रमा २५ र प्रदेशमा बढीमा एक सय १०

मंसिर २८, २०७४  

संविधानको व्यवस्थाअनुसार केन्द्रमा २५ र सात प्रदेशमा बढीमा एक सय १० मन्त्री बन्दै  । आजको नयाँ पत्रिकामा खबर छ ।

नयाँ सरकारका  मन्त्रालय कस्ता ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन् । मन्त्रालय एक–अर्कामा मर्ज गर्ने विषय नयाँ सरकार गठनपछि कार्यान्वयन हुने भएकाले त्यसबारे कुनै निर्णय नहुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । सरकारले अत्यावश्यकबाहेक अन्य निर्णय गर्न नचाहेको उनले बताए ।

‘संविधानले नयाँ बन्ने मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने व्यवस्था गरेको छ, अहिले रहेका मन्त्रालयमध्ये कुन कहाँ गाभ्ने र जम्मा कति मन्त्रालय राख्ने नयाँ सरकारको विषय हो,’ परियारले भने । अहिले ३० मन्त्रालय छन् भने ६४ सदस्यीय मन्त्रिपरिषद् छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका केही उच्च सरकारी अधिकारीले भने सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रस्तावको आधारमा अहिलेकै सरकारले नयाँ मन्त्रालयको संख्या र संरचना घोषणा गर्न सक्ने बताएका छन् ।

यी हुन् प्रस्तावित मन्त्रालय

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ तथा योजना मन्त्रालय
  • रक्षा मन्त्रालय
  • जलस्रोत तथा ऊर्जा मन्त्रालय
  • उद्योग, वाणिज्य, आपूर्ति तथा श्रम मन्त्रालय
  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
  • कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • वन, विज्ञान तथा वातावरण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, सामाजिक न्याय तथा संघीय मामिला
  • शिक्षा तथा सञ्चार मन्त्रालय
  • पर्यटन, नागरिक उड्डयन तथा खेलकुद
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

१५ मन्त्रालयको प्रस्ताव
तत्कालीन सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत नेतृत्वको अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले केन्द्रीय सरकारमा १५ मन्त्रालय राख्ने प्रस्ताव गरी मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त प्रस्ताव अहिले पनि मन्त्रिपरिषद्को प्रशासन समितिमा विचाराधीन रहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि थप अध्ययन गर्न उपप्रधानमन्त्री कमल थापा संयोजकत्वको ‘मन्त्रिपरिषद् प्रशासन समिति’लाई जिम्मा दिएको थियो । समितिका सदस्यहरूले उक्त प्रस्तावमाथि अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख भने अहिलेकै सरकारले नियुक्त गर्ने बताए । अब बस्ने मन्त्रिपरिषद् बैठकले अस्थायी मुकाम र त्यसपछि थप तयारी गरी प्रदेश प्रमुख नियुक्त गर्ने उनले बताए । एमालेले प्रदेश प्रमुख नियुक्त नगर्न दबाब दिइरहेका वेला सरकारले भने प्रदेश प्रमुख तोक्न गृहकार्य गरिरहेको छ ।

‘प्रदेश प्रमुख नहुँदा प्रदेश सभाका जनप्रतिनिधिले शपथसमेत खान नसक्ने भएकाले राजनीतिक पृष्ठभूमि नभएका व्यक्तित्वलाई प्रदेश प्रमुखका रूपमा तोकिनेछन्,’ संयोजक परियारले भने । उनले प्रदेश प्रमुखका लागि विभिन्न व्यक्तित्वबारे छलफल चलिरहेको बताए । उनका अनुसार प्राध्यापक, पूर्वप्रशासक र प्रतिष्ठित समाजसेवीलाई प्रदेश प्रमुखका रूपमा नियुक्त गर्नेबारे गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि