November 28, 2017

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा : २०० नेपाली विद्यार्थी समस्यामा

काठमाडौँ, १२ मंसिर ।  मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् ।

mbbs_gBjhdSjQBC

विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम एन्ड डिसी)ले २१ वटा र नेपाल मेडिकल कलेजले थप तीनवटा कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको हो ।

बंगलादेशमा मेडिकल अध्ययनका लागि प्रत्येक वर्ष चार सयको हारहारीमा जाने गरेका छन् । अहिले बंगलादेशका २१ वटा कलेजमा अध्ययन गर्ने झन्डै दुई सय नेपाली विद्यार्थी समस्यामा परेका नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जनाएको छ । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार २१ वटा कलेजमा भर्ना रोक लगाए पनि अध्ययन भइसकेका विद्यार्थीलाई ठूलो समस्या नभएको बताए । इक्यानले अभिभावक तथा विद्यार्थीलाई अन्योल नभएको भन्दै बंगलादेशमा रोक लगाएका कलेजहरूको सूचीसमेत सार्वजनिक गरेको छ ।

इक्यानका अध्यक्ष प्रकास पाण्डेले नेपाली विद्यार्थीलाई बंगलादेशका कलेजहरूमा मेडिकल शिक्षा अध्ययन गर्न पूर्णरूपमा रोक नलगाएको बताए । अध्यक्ष पाण्डेले नेपालका विश्वविद्यालयहरूले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेका तथा नेपाल मेडिकल काउन्सिलको सहमति प्राप्त गरेका विद्यार्थी अध्ययनका लागि जान सक्ने बताए । भर्नाका लागि रोक लगाएका कलेजमा भर्ना नहुनसमेत इक्यानले आग्रह गरेको छ ।

भर्ना रोक लगाइएका कलेज
आसियान मेडिकल कलेज अइची मेडिकल कलेज, उत्तरा, ढाका वसुन्धारा एड–डिन मेडिकल कलेज अब्दुल हमिद मेडिकल कलेज ब्रह्मानबारिया मेडिकल कलेज युनिभर्सल मेडिकल कलेज केयर मेडिकल कलेज पार्कभ्यु मेडिकल कलेज युएस बंग्ला मेडिकल कलेज चत्ताग्राम इन्टरनेसनल मेडिकल कलेज विक्रमपुर भुइयान मेडिकल कलेज मोनोअरा सिक्देर मेडिकल कलेज नर्थन इन्टरनेसनल मेडिकल कलेज, धनमुन्डी, ढाका केयर मेडिकल कलेज, ढाका सहबुद्धिन मेडिकल कलेज, ढाका अब–दिन वसुन्धारा मेडिकल कलेज, ढाका साफेना डेन्टल कलेज, ढाका नर्थन मेडिकल कलेज, रंगपुर सिटी मेडिकल कलेज, गजिपुर नाइटिंगल मेडिकल कलेज, सभार बिजिसि ट्रस्ट मेडिकल कलेज, चित्तागोंग

नेपाल मेडिकल काउन्सिलले अनुमति नदिएका कलेज
जलालाबाद रागिब–राबेया मेडिकल कलेज, सिल्हेत एन्ड हस्पिटल अन्डर द साहजलाल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, सिल्हेत युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (युएसटिसी) गोनोसास्थाया समाज भित्तिक मेडिकल कलेज, साभार अन्डर गोनोस्वास्थाया युनिभर्सिटी । नयाँपत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०