काठमाडौं । पाकिस्तान मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई डर्कवर्थ लेविस (डिएल) पद्धतिको आधारमा २ रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।
अब पाकिस्तानले उपाधिको लागि नेपाल र अफगानिस्तानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अफगानिस्तानबीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ । फाइनल खेल भने आइतबार हुनेछ ।
मलेसियाको किनरारा ओभल मैदानमा बंगलादेशले दिएको २७५ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित गरेपछि खेलको नतिजा डिएल पद्धतिबाट गरिएको हो । खेल वर्षाले रोकिनुअघि पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाएको थियो ।
खेल रोकिनुअघि पाकिस्तानलाई जितका लागि ७९ रनको आवश्यकता रहेको थियो । पाकिस्तानाका लागि मोहमद ताहाले ९२ रनको योगदान दिँदा साद खानले अविजित ३५ रन जोडे । बंगलादेशका क्वाजी इस्लामले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले पूरै ५० ओभर खेल्दै २७४ रन बनाएको थियो । बंगलादेशका लागि पिनाक घोषले ८२ तथा सइफ हुसेनले ६१ रन जोडेका थिए । पाकिस्तानका मुनिर रियाजले ३ विकेट लिए ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल