पाकिस्तान यु–१९ एसिया कपको फाइनलमा, नेपाल र अफगानिस्तानबीचको विजेतासँग खेल्ने

218117220pakistan-vs-bangaकाठमाडौं । पाकिस्तान मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई डर्कवर्थ लेविस (डिएल) पद्धतिको आधारमा २ रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

अब पाकिस्तानले उपाधिको लागि नेपाल र अफगानिस्तानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अफगानिस्तानबीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ । फाइनल खेल भने आइतबार हुनेछ ।

मलेसियाको किनरारा ओभल मैदानमा बंगलादेशले दिएको २७५ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित गरेपछि खेलको नतिजा डिएल पद्धतिबाट गरिएको हो । खेल वर्षाले रोकिनुअघि पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाएको थियो । 

खेल रोकिनुअघि पाकिस्तानलाई जितका लागि ७९ रनको आवश्यकता रहेको थियो । पाकिस्तानाका लागि मोहमद ताहाले ९२ रनको योगदान दिँदा साद खानले अविजित ३५ रन जोडे । बंगलादेशका क्वाजी इस्लामले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले पूरै ५० ओभर खेल्दै २७४ रन बनाएको थियो ।  बंगलादेशका लागि पिनाक घोषले ८२ तथा सइफ हुसेनले ६१ रन जोडेका थिए । पाकिस्तानका मुनिर रियाजले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको