अब बामपन्थी आँधी आउँछ, नयाँ शक्तिका पार्टीका अध्यक्षबाहेक सबै एमालेमा : ओली

 oli_prachanda_GOuN02AGeh

कात्तिक २९, २०७४ , गोरखा, पालुङटारमा   वामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै  ओली र प्रचण्डले अब वामपन्थी आँधी आउने र त्यो आँधीले कांग्रेसलाई बढार्ने दाबी गरे ।   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस उल्टो बाटोमा हिँडेको आरोप लगाए । ‘कांग्रेस म चुनाव लडेको ठाउँ (चितवन)मा हलो बोकेर हिँडेको छ । यहाँ के–के चिन्ह बोकेको छ’,  गोरखा क्षेत्रनम्बर २ का  उम्मेदवार बाबुराम भट्टराईको चुनाव चिन्ह आँखाको नामै नलिइकन प्रचण्डले भने, ‘  हलो र के–के चिन्ह बोकेर उल्टो बाटो नहिँड्नु  । बरु रुखमै प्रतिस्पर्धा गरौं, हामी त्यसका लागि तयार छौं।’ प्रतिक्रियावादीसँग साँठगाठ  गरेर  गोरखालीसँग भोट माग्ने नैतिक आधार कसले दियो ?’

   ओलीले  मंसिर १० र २१ गते बामपन्थी आँधी आउने भन्दै त्यो तुफानले  कांग्रेसलाई  बढार्ने उद्घोष  गरे ।  उनले भट्टराईलाई लक्षित गर्दै  देश अगाडि बढाउने प्रयाससँग   टकराव गरेर कोहि यसलाई रोक्न खोज्छ भने त्यो बबुरामात्रै हुने टिप्पणी गरे । 
नयाँ शक्तिका नेता कार्यकर्ता जति एमालेमा प्रवेश गरिसकेको दाबी गर्दै ओलीले भने, ‘नयाँ शक्तिका पार्टीका अध्यक्षबाहेक सबैलाई मैले एमालेमा समावेश गरिसकेँ । बाँकी केहि छैन ।’ सोहि कार्यक्रममा   नयाँ शक्तिका  अन्तराष्ट्रिय विभाग प्रमुख इन्द्र भट्टराई वाम गठबन्धनमा प्रवेश गरेका थिए । 
ओलीले  भट्टराईप्रति लक्षित गर्दै अगाडि भने, ‘  बबुरा अध्यक्ष लिएर कांग्रेसले  प्रजातन्त्र जोगाउँछ रे ! कर्कलोलाई बञ्चरो चलाउन जरुरी छैन ।’
उनले अब कम्युनिष्ट सरकार आउँछ भनेर कांग्रेसले ठीक बुझेको भन्दै ओलीले  भने, ‘बुढोरुख ढल्यो । शेरबहादुर देउवा कांग्रेस पार्टीका अन्तिम प्रधानमन्त्री हुन् । त्यो पनि पुस अन्तिम सम्म ।’
 उनले  अब बृद्धभत्ता ५ हजार पुर्याउने भन्दै   घरघरमा पुगेर बृद्धबृद्धालाई कम्युनिष्ट सरकारले  ५ हजार खनखनी गनेर दिने समेत दाबी  गरे । उनले अगाडि भने, ‘ यो सुनेर कांग्रेस छट्टपटाउलान् तर कार्यकर्ता पर्दैन । ’
। उनले कांग्रेसप्रति कटाक्ष गर्दै भने, ‘पहिले चुनावमा स्याउला बोक्नु हुन्थ्यो  । अब आफ्नै आँखा निकाल्न भएन  के भनेर प्रचार गर्नुहुन्छ ?’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन