१२ कात्तिक, काठमाडौं , नयाँ शक्तिका नेता बासु पोखरेललाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले डा. भट्टराईले माओवादी छाड्नु र वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद भएको बताए । उनले भने, ‘उहाँको कामले उहाँलाई त संकटमा पारेको छ नै, नयाँ शक्ति पनि केहो-केहो भन्ने भएको छ ।’
नयाँ शक्तिको हविगत सबैले देखिसकेको भन्दै प्रचण्डले भट्टराईसहित सबै नेता कार्यकर्ताहरु वाम गठवन्धनमा ध्रुवीकृत हुनुको विकल्प नभएको बताए । सोहि प्रसङ्गमा प्रचण्डले अब केहि समयमै नयााँ शक्तिमा सानो झुण्ड बाहेकका साथिहरु बामपन्थि धु्रविकरणमा समावेश भईसक्ने र त्यसको राष्ट्रव्र्यापी तयारी भईरहेको बताए ।कार्यक्रममा माओवादी नेता एवम् गोर्खा क्षेत्रनम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले जितेर मात्र देशको स्थीरता र समृद्धि सम्भव हुने बताए ।
माओवादी केन्द्रमा प्रवेश गरेका गोरखा सिरानचोकका बासु पोखरेल नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य हुन् । उनलाई नयाँशक्तिले काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा उम्मेदवारको रुपमा अघि सारेको थियो ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ