October 25, 2017

माछापुच्छ्रे क्रिकेट क्लब दुबई जाने

माछापुच्छ्रे क्रिकेट क्लब (एमसीसी) अभ्यासको लागि दुबई जाने भएको छ । क्लबको भ्रमण नोभेम्बर १७ देखि २२ तारिखसम्म हुनेछ । पोख्रेली क्लब माछापुच्छ्रेले दुबईको स्थानीय दुई क्लबसँग भिन्न मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । पहिलो खेलमा माछापुच्छे्र क्रिकेट क्लबले आईसीसी एकेडेमी मैदानमा दार्जिलिङ क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो क्लबसँग माछापुच्छे्र क्रिकेटले नोभेम्बर १८ तारिखमा खेल्नेछ । दार्जिलिङ क्रिकेट क्लब दुबईको सबै भन्दा पुरानो क्लब हो । 
त्यस्तै, युएई भ्रमणको दौरानमा दोस्रो खेल वाईटीसीए दुबईसँग १९ नोभेम्बरमा एमसीसी अजमानमा खेल्नेछ ।

माछापुच्छ्रे क्रिकेट क्लबको नेतृत्व दिपेश खत्रीले गर्दैछन् । उनकै कप्तानीमा माछापुच्छे्रले दुई वटा खेल खेल्न लागेको हो । क्लबका अन्य सदस्यमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी अभय राना, राष्ट्रिय खेलाडी सोनु तामाङ, सुमन उदय, रविन जोशी, प्रितम दुवाल श्रेष्ठ, र सुमन चौलागाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी