रानीपोखरीको नक्सा नै गलत: पानी अडाउने योजना पनि छैन

ranipokhariसाढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एन्ड डिजाइन’ तयार गरेको थियो । पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषयमा अन्योल भएपछि रानीपोखरी निर्माण वर्ष दिनदेखि अलपत्र बन्न पुगेको छ । आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नक्सामा त्रुटि देखिएपछि निर्माण कार्य अलपत्र बनेको बताए । ‘रानीपोखरीको नक्सा हामीले नै बनाएका हौँ । तर, पछि त्रुटिपूर्ण देखियो । पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषय अझै टुंगो लागेको छैन, यही कारण निर्माण कार्य रोकिएको हो,’ उनले भने ।

महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीको नेतृत्वमा रानीपोखरीको नक्सा तयार गरिएको थियो । तयार नक्सा त्रुुटिपूर्ण रहेको तथ्य त्यतिवेला पत्ता लाग्यो, जतिवेला पानी सुकाएर रानीपोखरी पूर्णरूपमा भत्काइसकिएको थियो । महानगरपालिकाका अनुसार इन्जिनियरले रानीपोखरीको आकर्षक नक्सा निर्माण ग¥यो ।

पोखरीवरिपरि मनोरम गार्डेन रहेन भनी नक्सामा उतारियो । पोखरीभित्र म्युजिकल फाउन्टेनसमेत बनाउने भनियो । तर, पोखरीमा पानी अड्याउने विषयतर्फ इन्जिनियरको ध्यान नै गएन । पोखरीमा पानी अड्याउने विषय नै समावेश नभएपछि रानीपोखरीको नक्सामा त्रुटि भेटिएको हो । ‘नक्सा ठीक नभएको पछि मात्रै थाहा भयो । प्राविधिकले पहिले नै यति विषय त सोच्नुपर्ने हो, तर सोचेको देखिएन । गल्ती यहीँ भएको छ,’ उनले भने ।

मान्दिर निर्माण पनि सुस्त
महानगरपालिका र पुरातत्व विभागबीच लामो विवादपछि निर्माण सुरु गरिएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको निर्माण कार्य पनि ठप्प छ । सो मन्दिर एक करोड ६० लाख रुपैयाँमा पुरातत्व विभागले बनाउने सम्झौता थियो । गत असारमै मन्दिरकोे निर्माण कार्य सुरु गरिए पनि प्रगति भने शून्य छ । 

पोखरीमा पानी अडाउने योजना छैन
 महानगरपालिकाले योजनाअनुसार पोखरीभित्रको पानी झिक्यो । पोखरीमा रहेका माछा अन्तै सारियो । पोखरीवरिपरि पर्खाल लगाइयो । पोखरीभित्र पुरानो माटो थियो । माटो हटाउनुपर्ने भयो । महानगरपालिका माटो हटाउनेतर्फ लाग्यो । माटो हटाउँदै जाँदा पिँधमा बालुवा भेटियो । बालुवामा पानी अड्नै सक्दैन । त्यसका लागि पोखरीको पिँधमा टायल राख्नुपर्ने हुन्छ । टायल राख्दा रानीपोखरीको ऐतिहासिक महत्व हराउने खतरा पनि त्यत्तिकै छ । यस्तो अवस्थामा पोखरीको पानी अडाउने विषयमा नक्सामा केही उल्लेख छैन । पोखरीको पिँधमा टायल राख्ने कि माटो भन्ने विषयमा महानगरपालिका अलमलमा छ । रानीपोखरी निर्माण योजना अलपत्र हुनुको कारण यही हो ।

– भूकम्पलगत्तै महानगरपालिकाले ०७३ कात्तिकमा सम्पन्न गर्ने गरी रानीपोखरी निर्माण कार्य अघि बढाएको थियो । यसका लागि १० करोड रुपैयाँ बजेट पनि विनियोजन भयो । डिजाइनअनुसार पोखरीभित्र म्युजिकल फाउन्टेन, अत्याधुनिक बगैँचा, मन्दिर पुनर्निर्माण गर्ने भनियो । तर, पोखरीमा पानी अड्याउने विषयमा भने कसैको ध्यान पुगेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा