ढाका, ३० असोज – म्यानमारसँगको दक्षिणपुर्वी सिमानामा पर्ने बङ्गलादेशको बङ्गालमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका रोहिङ्ग्या मध्ये अहिले सम्म आठ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।स्थानीय प्रहरी अधिकृत मोहम्मद अस्राफुज्जामानले भने, ‘भेटिएका शवहरु मध्ये चार ओटा बालबालिका र चार ओटा महिलाका रहेका छन् ।’ दुर्घटनामा परी अरु ४० जना हराइरहेको उनले बताए ।

उनले डुङ्गा कतिवेला दुर्घटना भएको हो भन्ने बारेमा स्पष्ट नभएको तर सोमबार विहानै भएको हुनसक्ने बताए ।
प्रहरी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उद्धारकर्ताहरुले हराइरहेकाहरुको खोजी गरिरहेका छन् । घटनास्थल बङ्गलादेशको राजधानी ढाका देखि २९२ किलोमिटर दक्षिणीपुर्वमा पर्दछ ।
दुर्घटना भएका समयमा डुङ्गामा ७० जना रोहिङ्ग्याले यात्रा गरिरहेका थिए । ती मध्ये २० जनाले आफै पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
गत हप्ता पनि नाफ नदीको मुखैमा भएको यस्तै दुर्घटनामा परी मृत्यु भएका मध्ये कम्तीमा २८ जना रोहिङ्ग्याको शव भेटिएको थियो । यो घटनास्थल पनि बङ्गलादेश र म्यानमारको सिमानामा पर्दछ ।
गत अगस्ट २९ देखि अहिले सम्म भएका यस्ता २५ ओटा डुङ्गा दुर्घटनामा परेका कम्तीमा १३२ जनाको शव निकालिएको छ ।
म्यानमारको राखिन राज्यमा हिंसा फैलिएपछि गत अगस्ट २५ देखि झण्डै पाँच लाख रोहिङ्ग्या समुदायका मानिसहरु विस्थापित भएर बङ्गलादेश पुगेका छन् ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०