जन्मदिनको शुभकामना डा. केसी

शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत गणेशमानसिंह भवनको दोस्रो तलाको एउटा कोठाको एक छेउ मान्छेको भीडले भरिभराउ छ ।

त्यहि कोठाको अर्को छेउमा डा. गोविन्द केसी सुतिरहेका छन् ।दायाँ हातको नाडीमा ब्यान्डेज कसिएको छ ।बायाँ हातको नाडीमा स्लाइन चढाइएको छ ।अनि माथितिर लेखिएको छ, १३ औं अनशन, नवौं दिन ।

यो दृश्य देशमा भएका विकृति विसंगतिविरुद्ध अनशनरत डा. केसीको अनशन हो ।

शुक्रबार साँझ ६ बजेतिर डा. केसीका शुभेच्छुक उनलाई जन्मदिनको शुभकामना दिन त्यहाँ भेला भएका थिए । आजको नागरिकमा खबर छ ।

असोज २७ गते डा. केसीको जन्मदिन हो । उनी शुक्रबार ६२ बर्षमा प्रवेश गरे ।

जन्मदिन खुशी भएर मनाउनुपर्ने भए पनि हामी भावविह्वल छौं । डा. केसीका एक शुभेच्छुकले भने, हामीलाई त त्यो दिन खुशीको हुनेछ, जुन दिन डा. केसीले राखेका माग पुरा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा