समाजवादी पार्टीमा साना ११ दल

local-levelकाठमाडौँ,   २६ असोज । दलहरूको बीचमा ध्रुवीकरण तथा तालमेल भइरहेको बेला नेपाल सङ्घीय समाजवादी पार्टीले पनि विभिन्न ११ वटा साना दलहरू आफूमा समाहित भएको जनाएको छ ।

रिजवान अन्सारी अध्यक्ष रहेको समाजवादी पार्टीमा नेपाल सङ्घीय समाजवादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्ट्रिय समुक्ति पार्टी, किरात जनवादी वर्कर्स पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनविकास पार्टी, दलित मुस्लिम श्रमिक पार्टी, दलित अधिकार अभियान, गण्डकी, धौलागिरि, लुम्बिनी र संयुक्त दलित अधिकार मञ्च समाहित भएको जनाइएको छ ।
समाजवादी नेपालले आयोजना गरेको एकीकरण कार्यक्रममा बुधबार अध्यक्ष अन्सारीले आफूहरू तेस्रो वैकल्पिक धारको निर्माणमा लागेको बताउनुभयो । उहाँले नेपाललाई ठूला दलहरूले राजनीतिक प्रयोगशाला बनाएको आरोप लगाउँदै देशमा देखिएको लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने दाबी गर्नुभयो ।
नेकपा एमालेबाट गृह राज्यमन्त्री बन्नुभएका अन्सारीलाई मन्त्री पदबाट हटाएपछि उहाँले सो पार्टी छाडेर अशोक राईले गठन गर्नुभएको सङ्घीय समाजवादी पार्टीमा जानुभएको थियो । पछि उहाँले सो पार्टी छाडेर आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गर्नुभएको थियो । एकीकृत पार्टीको नाम ‘नेपाल सङ्घीय समाजवादी पार्टी’ र चुनाव चिह्न बस रहेको छ । पार्टीको झन्डा भने आयताकार सेतोमा रातो रङको तीन तारा रहनेछन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा