गौचनलाई शहीद घोषणा गर्ने तयारी

काठमाडौँ, २६ असोज ।  सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज (बिहीबार) गरिने भएको छ ।

बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय गरेको हो ।

महासंघले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा शव बुझिन लागिएको हो ।

गौचनको शवलाई बिहीबार(आज) महसंघको कार्यालय अनामनगरमा राखेपश्चात अन्त्येष्टि गरिने महासंघले जनाएको छ ।

मृतक गौचनका काका ओमकार गौचनले गृहमन्त्रीले शहीद घोषणाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया चाल्न निर्देशन दिइसकेकाले शव बुझ्न ढिलाई नगर्न आग्रह गरे ।  नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा