वाम गठबन्धन सहमतिको प्रयास जारी

काठमाडौँ,  २५ असोज। चुनावी तालमेल र त्यसपछि पार्टी एकतासमेत गर्ने भन्दै गठन भएको तीन पार्टीको वाम गठबन्धनले मङ्गलबार पनि चुनावी क्षेत्र निर्धारणमा सहमति जुटाउन सकेन । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी समेतको गठबन्धनले तीन दिनभित्र काम सक्ने गरी कार्यदल गठन गरे पनि छ दिन बित्दासमेत सहमति जुटाउन सकेको छैन ।
एमालेका महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार गठन भएको कार्यदललाई शनिबारसम्म आफ्नो प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो । कार्यदलमा सहमति जुट्न नसकेपछि सोमबार बैठक बसेर निष्कर्षमा पुग्ने बताइएको थियो । सोमबार बैठक नै बस्न सकेन । कार्यदल सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डले मङ्गलबार बसेको बैठकले क्षेत्र निर्धारणबारे विस्तृतमा छलफल गरेको बताउनुभएको छ ।
उहाँका अनुसार बुधबार दिउँसो बस्ने बैठकले यसबारे अन्तिम टुङ्गो लगाउनेछ । बैठकमा दुवै दलबाट आआफ्नो क्षेत्रको मताधारसहितको दाबी प्रस्तुत गरिएको छ । कार्यदलमा २०७० सालको संविधानसभा चुनाव र स्थानीय तहको मतलाई आधार मान्ने सहमति छ । दुवै दलले वडाको मतलाई आधार मानेर आफ्नो क्षेत्रबारे दाबी गर्नुभएको छ ।
“हामीले आफ्नो तर्फबाट प्रस्ताव लगेका छौँ । त्यसमा माओवादीको तर्फबाट केही नमिलेको प्रतिक्रिया आएको छ”, पाण्डेले भन्नुभयो, “ठ्याक्कै भनेजस्तो कतिपय स्थानमा ६०÷४० नै नहुनसक्छ । ”
कार्यदलमा माओवादी केन्द्रको तर्फबाट सदस्य रहनुभएका नेता मातृका यादवले गठबन्धनमा साना दललाई कति सङ्ख्यामा सिट दिने भन्ने टुङ्गो लाग्न नसकेकाले प्रक्रिया लम्बिएको बताउनुभयो । गठबन्धनमा नयाँ शक्तिसहित नेकपा संयुक्त र अन्य केही दल पनि सहभागी हुने बताइएको छ । यी दललाई के कति सिट दिने वा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको यादवले बताउनुभयो ।
उहाँले शीर्ष नेताहरूको समय अभावका कारण पनि निष्कर्षमा पुग्न ढिलाइ भएको बताउनुभयो । गठबन्धनमा सहभागी एमाले, माओवादी केन्द्र, नयाँ शक्ति लगायतका दलले आगामी मङ्सिरका लागि घोषणा गरिएको प्रदेश तथा संसद्को निर्वाचनमा संयुक्त घोषणापत्रमा चुनाव लड्ने सहमति बनेको छ ।
गठबन्धनका मुख्य दल एमाले र माओवादीबीच देशैभरका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये अन्य दललाई दिएर बाँकी रहेको सङ्ख्यामा ६०÷४० प्रतिशत बाँडफाँट गर्ने सैद्धान्तिक सहमति बनेको छ । त्यसअनुसार नयाँ शक्तिले सङ्घमा १५÷२० र प्रदेशमा पनि त्यही आधारमा सिट पाउनुपर्ने दाबी गरेको छ । “उहाँहरूको दाबी यथार्थपरक छैन”, पाण्डेले भन्नुभयो, “यसमाथि छलफल गरेर टुङ्गो लगाइनेछ । ” गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा