तीन दिनभित्र निर्वाचन क्षेत्र चयन गर्ने वाम गठबन्धनको निर्णय

left-unityकाठमाडौँ,  २० असोज । संयुक्त वाम गठबन्धनका उम्मेदवारले प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रको चयन केही दिनभित्रै हुने भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका उम्मेदवार प्रतिस्पर्धा गर्न निर्वाचन क्षेत्र चयन गर्न गठन गरिएको कार्यदलले बिहीबार प्रारम्भिक काम थालेको हो ।
एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार कार्यदल गठन भएको थियो । एमाले संसदीय दलको कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले तीन दिनभित्र क्षेत्र निर्धारण गर्न र सात दिनभित्र घोषणापत्रको मस्यौदा तयार गर्न निर्देशन दिएको थियो । ‘हामी निर्धारित समयमै क्षेत्र निर्धारणको काम सिध्याउने छौँ,’ पोखरेलले भन्नुभयो, ‘बिहीबार पहिलो बैठक गरेर प्रारम्भिक अवधारणामा छलफल भएको छ । उहाँले भन्नुभयो, शुक्रबार यसबारे विस्तृत छलफल हुनेछ । ’
कार्यदलले गठबन्धन बन्दा भएको सहमतिअनुसार प्रत्यक्षतर्फको निर्वाचन क्षेत्र निर्धारण गर्ने छ । सहमतिअनुसार नयाँ शक्तिलाई केही स्थान दिएर बाँकी रहेको स्थानमा एमालेलाई ६० र माओवादीका लागि ४० प्रतिशत क्षेत्र तोकिने छ । संयोजक पोखरेलले २०७० सालको संविधानसभाको निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर क्षेत्र निर्धारण गर्ने जानकारी दिनुभयो ।
उहाँले क्षेत्र विभाजन गर्द जित सुनिश्चित हुने अन्य आधारलाई पनि हेरिने बताउनुभयो । कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा पार्टी एकता संयोजन समितिले अन्तिम निर्णय गर्ने छ । एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा रहेको घोषणापत्र मस्यौदा समितिले पनि प्रारम्भिक छलफल थालेको छ ।
घोषणापत्र मस्यौदा समितिका सदस्य एवम् माओवादी नेता देव गुरुङका अनुसार समितिले नयाँ संविधानअनुसार देशका सबै क्षेत्रलाई समृद्ध बनाउने गरी घोषणापत्र तयार गर्नेछ । नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) चुनाव चिह्न आ–आफ्नै भए पनि साझा घोषणापत्रका साथ चुनाव लड्दै छन् ।

निर्वाचन क्षेत्र चयन गर्ने समितिमा एमालेको तर्फबाट पोख्रेलसँगै विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रको तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्तिका तर्फबाट नेता गङ्गा श्रेष्ठ सदस्य रहनुभएको छ ।
त्यसैगरी संयुक्त चुनाव घोषणापत्र मस्यौदा बनाउन गठित कार्यदलमा गौतमसँगै भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा सदस्य हुनुहुन्छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा