1

२६ भदौ, काठमाडौं ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि तालिका सार्वजनिक गरेको छ ।

आयोगको आज बसेको बैठकले उक्त निर्वाचनको लागि मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीका लागि भदौ २४ गतेबाट र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणका लागि मिति कार्तिक ५ गतेदेखि कार्तिक ८ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन् ।

त्यस्तै मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कार्तिक १६ गतेदेखि कार्तिक १९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तालिका आयोगले सार्वजनिक गरेको हो ।

आयोगबाट स्वीकृत प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मंसिर १० र २१ गते हुने थप निर्वाचन कार्यक्रम यस प्रकार छ: