September 9, 2017

चरण-चरणको चुनावले खर्च ह्वात्तै बढ्यो : स्थानीय तहमा ८ अर्ब ५ करोड

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा सम्पन्न गर्दा चुनाव खर्च पनि ह्वात्तै बढेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्न ६ अर्ब ३० करोड खर्च गरेको आयोगले तेस्रो चरणअन्तर्गत असोज २ को निर्वाचनका लागि १ अर्ब ७५ करोड खर्च हुने अनुमान गरेको छ । यो खर्चमा विभिन्न मुलुक र दातृनिकायबाट प्राप्त भएका गाडी, कम्प्युटर, प्रिन्टर, मतपेटिकालगायत भौतिक सामग्री भने समावेश छैन ।nirwachan-ayog-310x165

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि दुई चरणमा गर्दै छ । तर, यी दुवै निर्वाचनमा पनि चुनावी खर्च त्यत्तिकै बढ्ने देखिएको छ । ‘स्थानीय तह निर्वाचन तीन चरणमा गरेर हामीले निकै गल्ती गर्‍यौं,’ पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अन्नपूर्णसँग भने, ‘एकै चरणमा गर्न सकेको भए २५ प्रतिशत कम खर्च हुने स्थिति थियो ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

म्यादी प्रहरी
स्थानीय तह निर्वाचन चरणबद्ध रूपमा गर्दा सुरक्षा खर्च, न्यायाधीश र कर्मचारीलाई तलब सुविधामा धेरै खर्च भएको हो । दुई महिनाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई तीन महिनासम्म सुविधा दिनुपरेको थियो ।

ढुकुटीबाट १८ अर्बभन्दा बढी रकम
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालै मात्र १० अर्ब ५३ करोड ४३ लाख रुपैयाँ माग गरेको छ । योसँगै यस आर्थिक वर्षमा मात्रै राज्यको ढुकुटीबाट १८ अर्बभन्दा बढी रकम चुनावका लागि मात्रै खर्च हुने देखिन्छ । ‘चुनावलाई कम खर्चिलो बनाउन सकिने उपाय खोज्नुपर्छ,’ पूर्वप्रमुख आयुक्त उप्रेतीले भने, ‘एउटा मात्र मतपत्र प्रयोग गर्नेलगायत कम खर्च हुने विकल्प खोज्नुपर्छ ।’ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक गर्दा कम समयमै गर्न सकिने र खर्च बचत हुने आयोगले बताएको छ ।

तेस्रो चरणका लागि १ अर्ब ७५ करोड 
स्थानीय तह निर्वाचनका लागि १० अर्ब रकम माग गरेको आयोगले पहिलो र दोस्रो निर्वाचन सम्पन्न भएपछि ४ अर्ब २५ करोड ४५ लाख रुपैयाँ सरकारलाई फिर्ता गरेको जनाएको छ । तेस्रो चरणका लागि भने १ अर्ब ७५ करोड रुपैयाँ माग गरेको छ ।

भ्रमणमा मात्रै १ अर्ब ९१ करोड
आयोगले स्थानीय तहको निर्वाचनमा स्थानीय भत्ताका लागि ३८ लाख र अन्य भत्तामा १ अर्ब १ करोड रुपैयाँ खर्च गरेको छ । त्यस्तै, इन्धनमा २ करोड ७७ लाख रुपैयाँ खर्च गर्‍यो । मतपत्र छपाइमा लागि ८७ करोड रुपैयाँ खर्च गरेको छ । भ्रमण शीर्षकमा मात्रै १ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन
कार्यक्रम खर्चका नाममा १ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ । अन्य रकम विभिन्न शीर्षकमा खर्च गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पनि यी शीर्षकमा यति नै रकम खर्च हुने अनुमान गरेको छ ।

दातृनिकायको भौतिक सहयोग पनि
स्थानीय निर्वाचनका लागि सरकारको आर्थिक सहयोगका साथै आयोगले करोडौंको वैदेशिक सहयोग पनि प्राप्त गरेको छ । आयोगले विभिन्न दातृनिकाय र छिमेकी देशबाट भौतिक सामग्री प्राप्त गरेको छ । ९ सयवटा कम्प्युटर एक हजार ८ सय टोनर यूएनडीपीले प्रदान गरेको हो । त्यस्तै, चीनले स्वस्तिक छाप, मसी, घडी र क्यालकुलेटरलगायत १० थरीका सामग्री पनि प्रदान गरेको छ । भारतले ८६ वटा गाडी, ३५ वटा मोटरसाइकल ७ वटा जिप र पिकअप भ्यानलगायत साधन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा