महानगर महासंग्राम : वीरगन्जमा कसले मार्ला बाजी ?

देशकै प्रमुख आर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख पद हत्याउन दलहरू लागिपरेका छन् । प्रमुख दलसहित मधेसी दल कसरी महानगरको नेतृत्व गर्न सकिन्छ भन्नेमा शक्ति खर्चिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बुधबार कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राजपासहित स्वतन्त्र गरी दर्जनौं उम्मेदवारले महानगर नेतृत्वका लागि मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवार छान्न सकस
दललाई वीरगन्जका लागि उम्मेदवार छान्न सकस परेको थियो । सबै दलको चासो वीरगन्जका लागि प्रकट हुनुका पछाडि के कारण छ ? वीरगन्जका एक पुराना राजनीतिकर्मी हरेन्द्र सिंह भन्छन्, ‘यो सत्ता र शक्तिसँग गाँसिएको विषय हो ।’ लामो समय वीरगन्जमा बसेर कांग्रेसको राजनीतिमा सक्रिय सिंह केही समययता मधेसी पार्टीमा आबद्ध भए पनि स्वतन्त्रपूर्वक विश्लेषण गर्न रुचाउँछन् । उनी भन्छन्, ‘यो आज मात्रै देखिएको होइन, ०४६ पछिका हरेक निर्वाचनमा दलहरूको केन्द्रीय नेतृत्वले वीरगन्जलाई चासोपूर्वक लिँदै आएको छ ।’

पैसाको अत्यधिक हाबी
वीरगन्जका अधिवक्ता वीरेन्द्र यादवका अनुसार वीरगन्जको नेता भएपछि केन्द्रमा स्थापित हुन सजिलो हुने भएकाले यहाँको नेतृत्व गर्न होड चल्ने गरेको हो । यादव भन्छन्, ‘राजनीतिमा पैसाको महत्वव अत्यधिक हाबी भयो, आर्थिक नगरीसमेत रहेको वीरगन्जको नेतृत्वले त्यो सजिलै म्यानेज गर्न सक्छन् भन्ने स्थापित मात्रै होइन, व्यहवारमै देखियो, जसकारण सबैको चासो बढेको हो ।’

भारतसँग समेत सम्बन्ध विस्तार
‘वीरगन्जको महत्वव यतिमा सीमित छैन’, अधिवक्ता यादव भन्छन्, ‘यो सहर दुई वर्षअगाडि मात्रै ६ महिना प्रभावित हुँदा हरेक नेपालीको चुलोमा प्रभाव पर्‍यो ।’ ‘यहाँ भारतको महावाणिज्य दूतावासदेखि भारतका अनेकन व्यापारिक संरचना छन्’, राजनीतिज्ञ सिंह भन्छन्, ‘जसकारण यहाँका नेतालाई भारतसँग सम्बन्ध बनाउनसमेत सजिलो हुने गरेको देखियो ।’ सिंह भन्छन्, ‘नेपालको राजनीतिमा भारतको प्रभाव अब बहसको विषय नै छैन, भारतसँगको सम्बन्ध हाम्रो राजनीतिमा महत्ववपूर्ण देखिन्छ । त्यसैले यहाँको राजनीतिक नेतृत्व गर्न सक्नेले भारतसँग समेत सम्बन्ध विस्तार गर्न मौका पाउँछन्, आर्थिक रूपमा पनि सहज उक्लिन्छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ