नेप्से ११.९४ अंकले बढ्यो

काठमाडौं, २१ भदौ- शेयर बजार परिसुचक नेप्से बुधबार उकालो लागेको छ । बजारको ठूलो हिस्सा ओगट्ने बैंक र बीमा क्षेत्रमा सकारात्मक प्रभाव पर्दा बुधबार नेप्से ११ दशमलव ९४ अंकले बढेको हो । बुधबार बजार १५६६ दशमलव ५० अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ७२ अंकले बढेर ३२८ दशमलव २१ अंकमा पुगेको छ ।

बजारमा लाभांशको समय र घटेको रेटमा शेयर किन्दा फाइदा हुने आँकलन गर्दै लगानीकर्ताको खरिद चाप पर्दा बजार बढेको सापकोटाको भनाई छ । बुधबार १६४ कम्पनीका १६ लाख ४३ हजार कित्ता शेयर ८३ करोड ४३ लाख रुपैयाँमा खरिद बिक्री भयो। आज सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर खरिद बिक्री भयो । बैंकले आजै ४० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको ७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

बुधबार उत्पादनमूलक समूह ४८ दशमलव ०२ अंकले घट्यो भने अरु सबै उपसूचक बढेका छन् । बैंक ११ दशमलव ८१, होटल २२ दशमलव ०३, विकास बैंक २० दशमलव ६९, जलबिद्युत ३ दशमलव ०४, फाइनान्स १ दशमलव २२, बीमा ५५ दशमलव २५ र अन्य ९ दशमलव २५ अंकले बढेको छ ।

बुधबार सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्त वित्तीय संस्थाले करिब १० प्रतिशत कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा