September 2, 2017

गजल : सगरमाथाको शिर

दिलिप खनाल :
thul dai

” सगरमाथाको शिर सहलाउँदै थिए अस्ति अक्षरहरु 
महासागर तिर पौडिंदै छन एक हुल गस्ती अक्षरहरु

आकाश ,बादल ,क्षितिज ,सागर ,जून ,ताराको उद्घोषण भो 
भीर पहिरो मुनी सुगन्धित छन केही खस्ती अक्षरहरु

कस्तो नजरले देखिंदोरै’छ प्यालामा जीवन शोभायमान 
बेहोसमा पनि होस कायम छ नशामा मस्ती अक्षरहरु

कहिले फूलमा फरफराउने कहिले सिउँदोमा सलबलाउने 
कसरी अनायास आगो ओकल्छन जबर्जस्ती अक्षरहरु

मखमली ,दुबो ,सयपत्रीहरुमा कसको कोमल हस्ताक्षर यो 
बादलपारी मुस्कुराइरा’छन नामुद हस्ती अक्षरहरु ………..”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

आज श्रद्धा र भक्तिसाथ आमाको मुख हेर्ने पर्व मनाइँदै

७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे