आजका पत्रपत्रिकाका फ्रन्टपेज

१७ भदौ, काठमाडौं । बाढीका कारण केही दिनअघिसम्म सुस्त देखिएका प्रदेश नं. २ का जिल्लामा अहिले चुनावी सरगर्मी बढेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) पनि सहभागी भएपछि चुनावी रौनक बढेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । ‘प्रमुख दलहरुले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणको निर्वाचनको तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रुपमा लिएका छन् । उनीहरुबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी चलेको छ,’ आजका पत्रिकाहरुले प्रदेश २ को चुनावी चहलपहलको विश्लेषण गर्दै लेखेका छन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अब हुने निर्वाचनहरुमा आचारसंहिता पालनामा शून्य सहनशीलताको नीति अपनाइने भनेर व्यक्त गरेको भनाइलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै स्थान दिएर छापेका छन् ।

 

आयल निगम जग्गा घोटाला प्रकरणदेखि बाढीपीडितका दुःख आजका पत्रपत्रिकामा पोखिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा निर्वाचन हुन्छ भनेर व्यक्त गरेको भनाइलाई आज गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । आचारसंहिताको पालनामा कडाइ गर्ने निर्वाचन आयोगको अभिव्यक्तिलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा समेटेको छ । प्रदेश नं. २ मा निर्वाचन चहलपहल बढ्योलाई गोरखापत्रले एंकर बनाएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले नक्कली अलैंचीले मूल्य घटेको लेखेको छ । अन्नपूर्णमै स्वास्थ्यको भवन निर्माणमा लापरवाही भएको र डेढ सय योजना वर्षौंदेखि अलपत्र रहेको समाचार छ । बाढीपीडितको पीडालाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

पाकिस्तानी जेलबाट एक नेपालीले नेपाल फर्कन गरेको पुकारलाई नागरिक दैनिकले मुख्य खबर बनाएर पस्केको छ । बाढीपीडितका दुःखलाई पनि आज नागरिक दैनिकले समेटेको छ ।

नयाँ पत्रिका दैनिक र कान्तिपुर दैनिकले २ नम्बर प्रदेश निर्वाचनमय बनेको लेखेका छन् । कान्तिपुरले कक्षा १२ को नतिजा कमजोर आउनुको कारण केलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना