दुई नम्बर प्रदेशमा एक नम्बर बन्ने होडबाजी : यस्तो छ दलहरुको चुनावी तयारी

प्रमुख दलहरूले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणका निर्वाचन तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रूपमा लिएका छन् । उनीहरूबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी तीव्र भएको खबर आजको कान्तिपुरमा छ । 

11

प्रतिस्पर्धी दललाई जित्न कुन व्यक्ति बढी सक्षम भन्दै लेखाजोखा गरेर उम्मेदवार टुंग्याउन भने सबै पार्टीमा सकस देखिएको छ । आकांक्षीको संख्या ठूलो भएकाले व्यवस्थापन गर्न गाह्रो भएको नेताहरूले बताएका छन् । 

कांग्रेसमा गुटकै किचलो
दुई चरणको चुनाव सम्पन्न हुँदा संसद्को पहिलो दल कांग्रेस स्थानीय तहमा दोस्रो स्थानमा झर्‍यो । दोस्रो स्थानमा आइपुग्नुका कारणबारे केन्द्रीय कार्यसमितिको बैठकमा समीक्षा गर्दै भनियो, ‘भदौ दोस्रो साता भइसक्दा पनि कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन । यसको कारण पनि पुरानै हो ।’ एक केन्द्रीय सदस्यले भने, ‘प्रदेश २ मा पार्टीका गुटहरूबीच को बढी हावी हुने भन्ने विवाद छ ।’ 

एमालेलाई आकांक्षीको भारी
प्रदेश २ को उम्मेदवारी टुंग्याउन एमालेलाई पनि सकस परिरहेको छ । अधिकांश स्थानको उम्मेदवारी टुंगिए पनि केही जिल्लामा विवाद छ । विवाद मिलाएर उम्मेदवारी टुंगो लगाउन शनिबार स्थायी समिति बैठक बस्दैछ । एमाले स्थायी समिति सदस्य एवं प्रदेश २ का प्रमुख सत्यनारायण मण्डलले भने, ‘धेरै स्थानको टुंगिए पनि केही ठाउँको बाँकी छ ।’

राजपाभित्र पनि मारामार
राष्ट्रिय जनता पार्टी (राजपा) भित्र पनि उम्मेदवार छान्ने विषयमा मारमार छ । पार्टीले प्रदेश २ का ८ वटै जिल्लामा उम्मेदवार चयन गर्न उच्चस्तरीय समिति बनाएको छ । समितिलाई शुक्रबारसम्म सके सर्वसम्मत, नसके अधिकतम तीन जनाको नाम केन्द्रमा पठाउन निर्देशन दिइएको थियो । तर, शुक्रबार कुनै पनि समितिले नाम पठाउन सकेनन् । आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न कठिनाइ परेको तर्क गर्छन्, राजपा महासचिव केशव झा ।

तालमेल सम्भावना कम
अघिल्ला दुई चरणमा जस्तो तालमेलको सम्भावना यस पटक न्यून देखिएको छ । प्रमुख सबै पार्टीभित्र आकांक्षीको व्यवस्थापन गर्न कठिनाइ परेका कारण तालमेलका सम्भावना कम भएको हो । तैपनि कांग्रेस, माओवादी केन्द्र र राजपाबीच केही ठाउँमा तालमेलको सम्भावना छ । आफ्नो पोजिसन कमजोर भएको ठाउँमा स्थानीय स्तरबाटै तालमेलको प्रयास भइरहेको राजपा महासचिव झा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा