जहाँ लास काटेर गिद्धलाई खुवाइन्छ : हड्डीलाई पिठो र रगतमा मुछेर खुवाउँछन्

मुस्ताङ – मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

10

यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन् ।

जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प
उपल्लो मुस्ताङका ६ गाविस मिलेर दुई गाउँपालिका बनेको छ । छोन्हुप, छ्होसेर, लोमान्थाङ गाविस मिलेर लोमान्थाङ गाउँपालिका बनेको छ भने चराङ, घमी र सुर्खाङ गाविस मिलेर दालमे गाउँपालिका बनेको छ । यहाँ विष्ट (थकाली), गुरुङ र विश्वकर्मा समुदायको बसोबास छ ।
यो समुदायमा कसैको मृत्यु भयो भने लामागुरुले जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प दिन्छन् । ‘कसैलाई जलाउनू भन्छन्, कसैलाई गाड्नू भन्छन् । कसैलाई काटेर पानीमा बगाउनू भन्छन्, कसैलाई चोक्टाचोक्टा पारेर गिद्धलाई खुवाउनू भन्छन्’, विष्ट भन्छन्, ‘काटेर गिद्धलाई खुवाउनुचाहिँ सबैभन्दा राम्रो मानिन्छ ।’

गिद्धले दिसा गरेपछि…
शवको मासु खाएर गिद्धले डाँडाकाँडामा दिसा गरेपछि मरेको मान्छेको पनि वरत्रपरत्र राम्रो हुन्छ र कुलवंश पनि फैलिन्छ भन्ने धार्मिक विश्वास रहेको उनी बताउँछन् । गाड्नुलाई भने नराम्रो मानिन्छ । ‘कुनै डरलाग्दो सरुवारोग लागेर मरेको मान्छेलाई गाड्ने सुझाव लामागुरुले दिन्छन्’, दालमे गाउँपालिकाका प्रमुख राजु विष्टले भने ।

‘सरुवा रोगको महामारी वा घाउ खटिराले मरेकालाई कि गाड्ने कि काटेर कालीगण्डकीमा बगाउने चलन छ’, उनी भन्छन्, ‘गाड्दा लासको रोग अरूमा फैलन पाउँदैन । रोगी मान्छेलाई काट्दा अरूलाई पनि सर्छ । गिद्धलाई पनि सर्छ ।’

पानीमा बगाउने विकल्प पनि रोजाइमा नपर्ने उनी बताउँछन् । ‘पानीले रोगका कीटाणु नाश गर्छ भनेर सरुवा रोगले मरेकालाई चोक्टा चोक्टा बनाएर पानीमा बगाउने विकल्प पनि दिन्छन्’, उनी भन्छन् ।

उनका अनुसार पहिलो प्राथमिकता काटेर गिद्धलाई खुवाउनु, दोस्रो रोजाइको विकल्प जलाउनु, तेस्रो विकल्प काटेर पानीमा बगाउनु र चौथो प्राथमिकता गाड्नुलाई दिने गर्छन् ।लास कुहिने, किरा लाग्ने भएकाले गाड्ने चलनलाई नराम्रो मान्ने धार्मिक विश्वास रहेको स्थानीय शिक्षक धु्रव बराल बताउँछन्।

लास काट्ने अलग्गै चलन 
लास काट्ने पनि यो समुदायको अलग्गै चलन छ । मावलीलाई रगतको र दूधको नाता मानिन्छ । रगतको नाता पर्नेले मासु (रगत) काट्न हुँदैन भन्ने जनविश्वास छ । बुबातर्फका आफन्तलाई हाडनाता भनिन्छ । हाडनाता पर्नेले हड्डी फुटाउनु हुँदैन भन्ने जनविश्वास छ । ‘दूधको नाताले मासु काट्न नहुने, हाडको नाताले हाड फुटाउन नहुने भन्छन्’, उनी भन्छन्, ‘त्यसैले हाडनाता पर्नेले मासु काट्छन् । दूध (रगत)को नाता पर्नेहरूले हड्डी फुटाएर धुलोपिठो पार्छन् । हड्डीलाई पिठो र रगतमा मुछेर गिद्धलाई खुवाउँछन् ।’ धुलोपिठो बनाउन नसक्ने खालको हड्डीलाई गाडेर अन्तेष्टि गर्छन् ।

लास काट्ने मान्छेको अभाव
समयको परिवर्तनसँगै तल्लो मुस्ताङमा लास काट्ने मान्छेको अभाव हुन थालेको छ । जलवायु परिवर्तनका कारण तल्लो भेगमा गिद्ध पनि लोप हुँदै गएको छ । लामाले मन्त्र पढेर, शंख फुकेर बोलाउँदा पनि गिद्ध नआएमा लामाले गिद्धको अभिनय गरेर उफ्रिदै-उफ्रिदै मासु, हाड सबै नदीमा लगेर बगाउने गर्छन् । ‘तल्लो मुस्ताङमा चाहिँ जलवायु परिवर्तनको कारणले होला अहिले गिद्ध पाउन गाह्रो छ’, अर्का स्थानीय शिक्षक प्रदीप पोखरेल भन्छन्, ‘गिद्ध अभाव भए पनि पुरानो चलन त छाड्नु भएन ।

गिद्ध आएन भने लामाले गिद्धको अभिनय गरेर मासु र हड्डी नदीमा बगाउँछन् । लास काट्न जो-कोही तयार हुँदैनन्’, उनी भन्छन्, ‘लास काट्ने मान्छे पाउन पनि छाड्यो । गिद्ध पनि आउन छाड्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा