प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा हुन लागेको स्थानीय निर्वाचनका लागि उम्मेदवार तय गरेलगत्तै केन्द्रीय पदाधिकारी मनोनित गर्ने तयारी गरेका छन् ।

कञ्चनपुरबाट फर्किएलगत्तै अस्वस्थ भएका प्रधानमन्त्री देउवा घरमै आराम गरी बसेकाले प्रदेश नम्बर दुईको उम्मेदवार तय गर्न महामन्त्री डाक्टर शशांक कोइराला, नेता विमलेन्द्र निधिलगायतका नेताहरु शुक्रबार दिनभर छलफलमा व्यस्त भए ।
प्रधानमन्त्रीको अवस्थाबारे निजी सचिव भानु देउवाले भने,
-प्रधानमन्त्रीलाई समान्य रुघा खोकी लागको हो ।
-उहाँ आराम गरेर बस्नुभएको छ ।
उम्मेदवार चयन गरेलगत्तै केन्द्रीय पदाधिकारी मनोनित गरी दशैं आनन्दसँग मनाउने योजनामा प्रधानमन्त्री रहेका देउवा निकट स्रोतले जानकारी दिएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा