प्लास्टिकका झोला बेच्ने वा प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना

१२ भदौ, एजेन्सी – पूर्वी अफ्रिकी देश केन्यामा वातावरण संरक्षणका लागि भन्दै प्लास्टिक झोलामा प्रतिबन्ध लगाईएको छ ।

Plastic-Bag-in-Kenyaकेन्यामा आजदेखि लागु हुने नयाँ कानुन अनुसार पलास्टिकका झोला बेच्ने, उत्पादन गर्ने र प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना अथवा ४ बर्ष जेल सजाय हुने बिबिसीले जनाएको छ ।

केन्याको वातावरण मन्त्रालयले नयाँ प्रतिबन्धले वातावरण संरक्षणमा सघाउ पुग्ने विश्वास ब्यक्त गरेको समाचारमा उल्लेख छ । केन्यामा गएको एक दशकको अवधिमा प्लास्टिकका झोलामा तेस्रो पटक प्रतिबन्ध लगाईएको हो ।

तर प्लास्टिक उत्पादक तथा व्यवसायीहरुले भने प्रतिबन्धले ८० हजारभन्दा बढी मानिसको रोजगारी गुम्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । शुक्रबार उनिहरुले प्लास्टिकको उत्पादन र प्रयोगमा तत्काल प्रतिबन्ध लगाउन नहुने भन्दै दिएको निवदेन अदालतले खारेज गरिदिएको थियो ।

नयाँ नियमको कार्यान्वयनमा आशंका व्यक्त गरिएको छ । उपभोक्ताहरु प्लास्टिकको झोला बिनाको दैनिकीमा समायोजित हुने नहुने अनिश्चित जस्तै देखिएको संरक्षणकर्मीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने