ट्रक र जीप ठोक्किदा ११ जनाको मृत्यु

११ भदौ, नयाँ दिल्ली – पश्चिम भारतीय राज्य गुजरातमा आइतबार भएको एक सडक दुर्घटनामा कम्तीमा एघार व्यक्तिको मृत्यु भएको छ ।

jeep-accidentट्रक र जीप एकआपसमा ठोक्किँएर भएको यस घटनामा एघारको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाकारी दिएको छ ।

गुजरात राज्यको प्रान्तीय राजधानी गान्धीनगरबाट ३६४ किलोमिटर दक्षिणमा पर्ने बोताद जिल्लामा यो घटना भएको थियो । यस घटनामा पाँच महिला र छ पुरुषको मृत्यु भएको छ ।

भारतमा मर्मत नगरिएको सडक , क्षमता भन्दा बढी यात्रु सवार र चालकले खतरायुृक्त रुपमा सावारी साधन चलाउनु नै बारम्बार दुर्घटना हुनको प्रमुख कारणहरु रहेका छन ।

भारतमा गत बर्ष भएका सडक दुर्घटनाहरुमा करिब एक लाख ५० हजार व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१५ मा १ लाख ४६ हजार १३३ व्यक्तिको मृत्यु भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने