ओलीले भने – ‘देउवाको बोलीले शिर निहुरियो’

प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनजस्तो नितान्त आन्तरिक मामिलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको एजेन्डका रूपमा प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीबाट व्यक्त धारणाले नेपालको शिर निहुरिएको छ, संसद्को निर्णयलाई धज्जी उडाइएको छ ।’ आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

12

स्वास्थ्य परीक्षणका लागि बैंकक जानुअघि विमानस्थलमा ओलीले पत्रकारसँग भने, ‘देउवाले मुलुकको शिर निहुर्‍याउने काम गरे ।’‘प्रभु संसद्को गणितले गर्दा संविधान संशोधन पारित गर्न सकिनँ तर चाँडै गर्नेछु, मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले यस्तो अभिव्यक्ति दिँदा देशकै शिर निहुरिएको छ’, ओलीले भने ।

‘प्रधानमन्त्रीले गिडगिडाउँदै लज्जास्पद ढंगबाट प्रभु मैले गर्न सकिनँ, कोसिस गरेको थिएँ । तर म गर्छु, त्यसका लागि वातावरण बनाइदिनुपर्‍यो भनेर याचना गर्नुभयो । त्यो वाक्य, शैली हाउभाउ हेर्दा देशकै शिर निहुरिन्छ । हामी सबैका लागि यो अत्यन्त दुःखको कुरा हो’, ओलीले भने ।

संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको र त्यसको निर्णय नेपाली जनताका प्रतिनिधिमार्फत भइसकेको विषयमा प्रधानमन्त्रीले अर्को देशमा गएर बयान दिनु सार्वभौम राष्ट्रको अपमान भएको ओलीले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने