पहिलो हाफसम्म नेपाल र भारतको १–१ गोलको बराबरी

२०७४ भदौ ७, काठमाडौं । यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफसम्म नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका छन् । नेपालका लागि कप्तान रोशन रानामगरले गोल गर्दै बराबरीमा ल्याएका हुन् ।

1

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा जारी खेलको २७ औं मिनेटमा भारतका कप्तान क्रिम प्रताव सिंहले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा भारतले डिबक्स भित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहार गरेका कप्तान रोशनको बल भारतीय गोलरक्षकले बचाएपनि पुन रोशनले अगाडी आएको बललाई प्रहार गर्दै बराबरी नेपाललाई पुर्याएका थिए । 

दुबै टोली सेमिफाइनलमा प्रवेश गरिसकेको हुनाले यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ । 

समूह वि मा रहेको भारतले पहिलो खेलमा माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गरेको थियो । घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको थियो ।

समूह बी को विजेताले समूह ए को उपविजेता बनेको भुटानसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह बी को उपविजेताले समूह ए को विजेता बनेको बंगलादेशसंग सेमिफाइनलमा खेल्नेछ ।

यसअघि हिजो भएको खेलमा बंगलादेशले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै समूह ए को विजेता बनेको थियो । त्यस्तै भुटान पराजित भएपनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी