काठमाडौं । फोटो पत्रकारको क्यामेरामा केहिलेकाँही त्यस्ता दृष्यहरु कैद हुन्छन् जो हजारौँ शब्दहरु भन्दा शक्तिशाली हुन्छन् । ठीक त्यस्तै फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेको एउटा तस्विर कथा सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन तस्विरले कयौँ भावनाहरु बोलिरहेको छ । बाढीमा डुवेर मृत्यु भएको एउटा बालकको शव गाड्ने जमिन नभएपछि सप्तरीका एक नागरीकले उक्त शवलाई बाढीमै बगाइदिएको तस्विरले कसलाई भावुक नबनाउला र !
‘मैले जीवनमै पहिलो पटक यस्तो दुखको महशुश गरेँ,’ तस्विर खिच्ने युरोपियन फोटो एजेन्सी (इपीए)का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले भने,‘तर हामी पत्रकारहरु भावुक बनेर हुँदैन । बलियो बन्नै पर्छ ।’

लगातारको वर्षापछि मधेसको जनजीवन निकै कष्टकर बनिरहेको छ । दिनादिन मृत्यु हुनेहरुको संख्या बढिरहेको छ । हजारौँ विस्तापित छन् । सोही जनजीवनको तस्विर कैद गर्न नरेन्द्र केहि दिन अघि मधेस झरेको थिए ।
आइतबार सप्तरीको कोइलाडी क्षेत्रबाट दुई घण्टाको दूरीमा तस्विर खिचिरहेका उनलाई भिडबाटै अर्को खबर आयो –बाढीले डुवेर ८ वर्षिय नाबालकको मृत्यु । यो खबरसँगै एक गाउँलेको पछि लागेर उनी कोइलाडीको ६ नम्बर वडामा पुगे । त्यहाँ स्थीति भयाबह थियो ।

थोत्रो कपडा बेरिएको अवस्थामा एउटा बालक अधवैँसे युवाको काखमा पल्टि रहेको थियो । त्यो मृत बालक बाढीमा परेर ज्यान गुमाउने कमल सदा थिए । उनलाई काखमा लिने व्यक्ति थिए उनका काका देव कुमार सदा ।
देव कुमारका दाजु तथा कमलका बुवा रोजगारीको सिलसिलामा ‘मुग्लान’ भारत भासिएका थिए । आफ्नो छोराको मृत्युको खबर सुनेपछि विचलित बनेका कमलका बुवा नेपाल आउन चाहान्थे मृत छोराको अन्तिम संस्कार गर्न । तर, परिस्थिति कहाँ सजिलो थियो र बाढीका कारण आउन सकेनन् । यता उनकी आमा सम्हालिन नसक्ने अवस्थामा थिइन् । त्यसैले काका देव कुमारकाे काखमा उनको दाहसस्कार हुने भयो । परम्परा अनुसार बालकको शवलाई जमिनमूनि पुरेर अन्त्यष्टि गरिन्छ । तर, ती नाबालकका शव पुर्न पुग्ने जमिन भने खाली थिएन । चारै तिर जलमग्न थियो । त्यसैले उनका काकाले उक्त शवलाई कोशीको बाढीमै बगाइदिए ।

यो भावुक तस्विर खिचेका नरेन्द्रले जीवनमा पहिलोपटक यस्तो अनूभव गरे जसले उनलाई पटक पटक विचलित समेत बनायो । ‘मनमा पीडा त भयो तर, यो सिनले पक्कै धेरै मान्छेलाई रुवाउँछ भन्ने मलाई लागेको थियो,’ राजविराजमा रहेका नरेन्द्रले दियोपोस्टसँग भने,‘कठोरतापूर्वक मैले त्यो दृष्य कैद गरेँ ।’
फोटो पत्रकारितामा लामो समय विताएका नरेन्द्रको करियरमा यो तस्विर निकै महत्वपूर्ण बन्यो । ‘मैले जीवनमा धेरै तस्विर खिचेको छु । तर, यो तस्विरले म अपाmैलाई विचलित पनि बनायो,’ उनी भन्छन्,‘यो एउटा फोटोले मधेसमा आएको बाढीको भयाबह स्थिति बुझाउँछ ।’
नरेन्द्रले खिचेको यो फोटो उनकै नजरमा समेत भिन्न फोटो हो । ‘अन्य फोटोहरु हेलिकोप्टरबाट खिचिएका पनि हुन्छन् । मैले धेरै तस्विर हेलिकोप्टरबाट खिचेको छु,’ उनी भन्छन्,‘नजिकबाट दृष्य मात्रै होइन । बाढी पीडितको कारुणीक दुख पनि खिचेँ ।’
सरकारी तथ्यांकमा बालकको परिचय गायब !

सरकारले बाढीमा ज्यान गुमाएकाहरुको नामावली प्रकाशन गरेको छ । सोही अनुसार ज्यान गुमाएकाहरुले राहत समेत पाउने व्यवस्था गरेो छ । सोही समाचार थाहा पाएपछि सोमबार विहानै नरेन्द्रले पत्रिकाहरुमा नजर डुलाए । मृतक बालक कमल सदाको नाम खोजे । तर, कतै भेटेनन् । ४९ जना मृतकको नाम प्रकाशित हुँदा आफ्नै आँखा अगाडी कोशीको नदिमा बगाइएका कमलको नाम भने देखेनन् । त्यसपछि उनलाई निकै दुख लाग्यो । आर्थिक स्थिति निकै नाजुक भएका ती मृतकको परिवारलाई राज्यले समेत अन्याय गरेको हो की भन्ने डर उनीमा रह्यो । त्यसैले उनी सप्तरी जिल्ला प्रशासन कार्यालयमा समेत पुगेर राहत पाउनेहरुको नाम खोजे तर, ती बालकको नाम भेटेनन् । ‘सबै तिर पहल गरेको छु । मेरो एउटै आग्रह छ । ती बालक पनि बाढीका मृतक हुन् । उनले पनि सरकारको क्षतिपूर्ति पाउँनुपर्छ ।’ उनले भने ।
वास्ताविक नेपाली त मधेसी रहेछन् :
बाढी प्रभावित क्षेत्रमा तस्विर खिच्न पुगेका नरेन्द्रले मधेसको तस्विर काठामाडौंले हेरे भन्दा भिन्न पाए । ‘वास्तविक नेपाली भनेका यहाँका जनता रहेछन् । चाहे तातो चर्को घाममा होस् या कोशीको ठूलो बाढी र विपत उनीहरुले सामना गरेका छन्,’ नरेन्द्र मधेसको चित्र सुनाउँछन्,‘काठमान्डुले हेरेको जस्तो मधेस रहेनछ । यहाँको तस्विर विल्कुल फरक छ ।’
बालकको उमेरबारे ‘कन्फ्युजन’
दुई घण्टा अगाडी ८ वर्षिय वालक भन्ने सुनेका थियौँ । त्यही सुचनाको आधारमा हामी त्यहाँ पुगेका थियौँ । तर, त्यहाँ पुग्दा बोल्न सक्ने अवस्थामा केही हुनुहुन्थेन । हामीले सोध्न सक्ने अवस्था पनि थिएन । तर, बालकको उमेरको विषयमा कन्फूजन भने रहिरह्यो ।
साभार: दीयाेपाेषट
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।