सोमबारसम्म निरन्तर वर्षा : शनिबार यस बर्षकै उच्च पानी पर्यो

महिनादेखि कम्जोर बनेको मनसुन बिहीबार दिउँसो २:१० बाट सक्रिय हुँदा देशभर बर्षा भएको छ। दुई दिनदेखिको वर्षाले पूर्वी र मध्य क्षेत्रका बबई र पश्चिम सेती नदीको १२ स्थानमा उच्च खतराको साइरन बजेको छ।

5मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यूनचापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा विद्यमान रहेको छ। यसले मनसूनी गतिविधि सक्रिय हुदाँ अझै केही दिन बर्षा हुने अनुमान विभागले गरेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

देशका अधिकांश स्थानमा बिहीबारदेखि भारी वर्षा भइ रहेको छ। शनिबार र आइतबार पनि मनसुनी वर्षाको गतिविधि देश भरिनै सक्रिय हुदाँ भारी वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

जल तथा मौसम पुर्वनुमान महाशाखा एयरपोर्टका मौसमविद सुवास रिमालका अनुसार मध्य र पुर्वी क्षेत्रमा मनसुन सकृय भएको छ। आइतबारदेखि मध्य र पश्चिम क्षेत्रमा सकृय हुने भए पनि सोमबार देखि मौसम सुधार आउने बताए।

आइतबार देशभर मनसुन सक्रिय भए पनि पुर्वमा कम्जोर हुने तर तुलनात्मक रुपमा मनसुन कम्जोर बन्दै जाने रिमालले बताए। शनिबार यस बर्षकै उच्च पानी परेको छ। सिमरामा दुई सय १७, जनकपुरमा एक सय ३७, दाङा एक सय ६७, नेपालगन्जमा एक सय ६९ मिलिमिटर पानी परेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न