चौथो बिमस्टेक शिखर सम्मेलन अनिश्चित

यस वर्षभित्र नेपालमा हुने भनिएको बिमस्टेकको चौथो शिखर सम्मेलन अनिश्चित भएको छ । शुक्रबार सम्पन्न बिमस्टेकको १५औँ मन्त्रीस्तरीय बैठकले सम्मेलनको मिति तय गर्ने भनिए पनि त्यसबारे निर्णय हुन सकेन । नेपालमा संसदीय निर्वाचनपछि नयाँ मितिबारे कूटनीतिक च्यानलमार्फत कुराकानी गरेर टुंग्गाइने प्रस्ताव बैठकमा नेपालले राखेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
8
‘नेपालमा संसद्को चुनाव सम्पन्न भइसकेपछि बिमस्टेकको चौथो सम्मेलनको मितिबारे सदस्य मुलुकबीच छलफल हुन्छ र मिति टुंगो लाग्छ,’ मन्त्रीस्तरीय बैठकपछि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पत्रकार सम्मेलनमा भने, ‘मन्त्रीस्तरीय बैठकले बिमस्टेकअन्तर्गत हासिल भएका उपलब्धि, हालको अवस्था तथा आगामी दिनमा गर्ने कार्यहरूको प्रतिबद्धतासहितको संयुक्त वक्तव्य पारित गरेको छ ।’ बिमस्टेकमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड छन् । नेपाल बिमस्टेकको सदस्य मुलुक हो ।

मन्त्री महराका अनुसार बिमस्टेक सदस्य राष्ट्रहरूबीच खुला व्यापार प्रवद्र्धन गर्न उद्देश्यले तयार गरिएको बिमस्टेक खुला व्यापार सम्झौता यथाशीघ्र सम्पन्न गर्ने निर्णय भएको छ । यसैगरी बिमस्टेक ग्रिड इन्टरकनेक्सन स्थापना गर्ने सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने, प्रविधि हस्तान्तरण गर्नेसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिने निर्णय भएको छ ।

त्यस्तै, बिमस्टेक सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण गर्ने, मोटर पारवहनलगायतका सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिने निर्णय पनि बैठकमा भएको छ । महराका अनुसार बैठकमा आतंकवाद तथा अपराध निय

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानन्यायाधीश र न्यायाधीशबारे छानबिन गर्न माग

काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका