जापानले दुनियाँकै सबैभन्दा शक्तिशाली ‘सुपरकम्प्युटर’ बनाउदै

साउन,जापानले विश्वकै द्रुतगतिको सुपर कम्प्युटर बनाइरहेको छ । यदि यसमा सफल भयो भने जापान बौद्धिक अनुसन्धानको हब (केन्द्र) नै बन्ने आशा गरिएको छ । सुपरकम्प्युटरको गति १३० पेटाफ्लप्स रहनेछ ।यो भनेको एक सेकेण्डमा एक सय ३० मिलियन बिलियन अर्थात् १३० क्वाड्रिलियन क्यालकुलेसन गर्ने उच्च गति हो ।

कम्प्युटर आगामी २०१८ को अप्रिलसम्म बनाइने लक्ष्य राखिएको छ । यदि निर्धारित मितिमै पूरा भयो भने एई ब्रिजिंग क्लाउड इन्फ्रास्ट्रक्चर (एबीसीआई) कम्प्यूटर यो दुनियाँकै सबैभन्दा शक्तिशाली सुपरकम्प्युटर हुनेछ । यदि यो सफल भएमा चीनको सनवे टाइहुलाइटलाई समेत यसले पछि पार्नेछ । जुन अहिले ९३ पेटाफ्लप्समा चल्छ ।

सुपरकम्प्युटर

केले शक्तिशाली बनाउँछ कम्प्यूटरलाई ?
त्यसो त एबीसीआई कम्प्यूटरमा माउस र स्क्रिन हुनेछैन । यद्यपि यो कम्प्यूटर व्यक्तिगत प्रयोजनको कम्प्युटरभन्दा खासै फरक पनि हुनेछैन । हुनेछ त केवल तीव्रगति र ठूलो आकारको । अहिलेको सुपरकम्प्यूटर सिस्टम भनेको वर्तमान समयमा प्रयोग भइरहेको व्यक्तिगत प्रयोजनको कम्प्यूटरभन्दा १० लाख समय छिटो रहेको छ ।

जापानको राष्ट्रिय इन्स्टिच्युट अफ एडभान्स्ड इन्डस्ट्रियल साइन्स एण्ड टेक्नोलजीका डाइरेक्टर जनरल (महानिर्देशक) सातोसी सेकिगुचीले भने । उनका अनुसार एउटा सुपरकम्प्युटरले एक दिनमा गर्ने काम एउटा व्यक्तिगत कम्प्युटरले ३ वर्षमा मात्रै पूरा गर्नसक्छ । जापानले अहिले बनाइरहेको एबीसीआई सुपरकम्प्युटरको आकारको कुरा गर्ने हो भने यसले ३० देखि ४० वटा कार पार्किंग गर्दा ओगट्ने स्थान यो कम्प्युटरले ओगट्छ ।

यसका लागि केचाहिँ उपयोगी हुन्छ त ?

सेकिगुचीका अनुसार यो सुपर कम्प्युटरले चालकरहित कार, रोबोटिक र मेडिकल उपचारहरुको विकास र सुधारमा सहयोग गर्नसक्छ । ती क्षेत्रहरुको विकास एवं विस्तारको लागि सुपरकम्प्युटर एकदमै महत्वपूर्ण हुने उनको भनाइ छ । यसमा रहेको सुपरसोनिक (ध्वनिभन्दा छिटो) गतिले जापानमा मानवीय प्रतिभाजन्य प्रविधिको विकासमा ठूलो सघाउ पुग्ने विश्वास गरिएको छ । त्यसो त यसले ससाना दैनन्दिन आविष्कारमा पनि ठूलो मद्दत गर्दछ ।

१७३ मिलियन डलर खर्च गर्दै जापान !

जापानको अर्थ, व्यापार र उद्योग मन्त्रालयले १९.५ बिलियन अर्थात् १७३ मिलियन डलर यो सुपरकम्प्युटर र दुई वटा अनुसन्धान केन्द्रका लागि खर्च गर्दै छ । यो भनेको झण्डै पौने १८ अर्ब नेपाली रुपैयाँ हो । औद्योगिक क्षेत्रमा प्रतिस्पर्धाका लागि यस्ता मानवीय आविष्कार आवश्यक भइसकेको छ । अहिले जापानी फर्महरुले अमेजन, माइक्रोसफ्ट वा गुगलबाट ठूलो सहयोग लिइरहेकामा यो कम्प्यूटर बनेपछि यसको अन्त्य हुनेछ ।

सबैभन्दा माथि रहने प्रतिस्पर्धा ?

जापानको के कम्प्यूटरको गति १० पेटाफ्लप्स रहेको छ, यसले सन् २०११ मा विश्वकै तीव्र गतिको रहेको दाबी गरेको थियो । त्यतिबेला ६ महिनासम्म मात्रै यो सबैभन्दा माथि रहन सफल भएकोमा पछि चीन र अमेरिकाले योभन्दा शक्तिशाली सुपरकम्प्युटर बनाएपछि यो कम्प्युटर पछि परेको थियो ।यद्यपि सेगिकुची भने यो तीव्र गतिको सुपरकम्प्युटर निर्माणलाई प्रतिस्पर्धा गर्न नबनाइएको दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा