
“देशकै केन्द्रभागमा महानगर भएकाले समृद्ध र एउटा व्यवस्थित शहर बनाएर अघि बढ्ने छु, दाहालले भनिन्, “पहिलो, दोस्रो र तेस्रो गरेर प्राथमिकताको आधारमा काम गर्छु ।”यस्तै नवनिर्वाचित उपप्रमुख पार्वती शाहले विगतमा बनाएको घोषणापत्र र गुरुयोजना बनाइसकेकाले त्यसअनुसार अघि बढ्ने बताइन् ।प्रमुख र उपप्रमुख महिला नै भएकाले पनि महिलाका विषयमा गम्भीर भएर अघि बढ्ने उनको भनाइ थियो । उनले सबै पक्षलाई मिलाएर विकास र नगरको समृद्धिमा लाग्ने प्रतिबद्धता जनाइन् ।
भरतपुर महानगरको प्रमुखमा नेकपा (एमाले) का देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल विजयी भएकी थिइन् । उनले ४३ हजार १२७ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए ।यस्तै उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटमत प्रतिद्वन्द्वी एमालेकी दिव्य आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरिन् । निर्वाचित भएपछि राति नै सामान्य विजयी जुलुस निकालिएकामा आज पनि भरतपुरमा भव्य विजयी जुलुस निकाल्ने तयारी छ ।
भरतपुरमा माओवादी केन्द्र र काँग्रेसले प्रमुख र उपप्रमुखमा तालमेल गरेको थियो । गएको जेठ १४ गते मतपत्र च्यातिएपछि विवादित बनेको निर्वाचन अघिल्लो शनिबार सर्वोच्चको फैसलासँगै भरतपुर–१९ मा पुनः मतदान भएको थियो । रासस
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन