August 1, 2017

खाना पकाउने ग्यासको मूल्य घट्यो

१७ साउन, काठमाडौं – सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो ।

 

अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ । नयाँ मूल्य मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ । मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा छ ।

पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ । नयाँ दरअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १८ घाटा छ । त्यस्तै मट्टीतेलमा १७ रुपैयाँ १३ रुपैयाँ नाफा, हवाइ इन्धन (आन्तरिक) मा ९ रुपैयाँ १६ पैसा नाफा, र हवाइ इन्धन (बाहृय)मा २० रुपैयाँ २९ पैसा नाफा छ ।

हाल प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७४/७४ रुपैयाँ, हवाइ इन्धन (बाहृय) को मूल्य ८२, हवाइ इन्धन (बाहृय) को ७५ रुपैयाँ र ग्यासको प्रतिसिलिण्डर मूल्य ग्यास १ हजार ३ सय ५० रुपैयाँ छ ।

हाल निगमलाई पेट्रोलमा ५ दशमलव ९१ पैसा नाफा, डिजेलमा १ रुपैयाँ १८ पैसा घाटा, मट्टीतेलमा १७ रुपैयाँ नाफा, हवाइ इन्धन (आन्तरिक) मा ९ रुपैयाँ १६ पैसा नाफा, हवाइ इन्धन (बाहृय) मा २० रुपैयाँ २९ पैसा नाफा र ग्यासमा ९६ रुपैयाँ नाफा छ । निगमका अनुसार विगत १५ दिनमा पेट्रोलियमबाट ३३ करोड ८६ लाख रुपैयाँ नाफा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा