राजकीय भ्रमणको तयारीमा प्रधानमन्त्री : २२ वर्ष पुराना सम्झौताको हिसाब खोजिने

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको छ । २२ वर्षअघिको भ्रमणमा भएका सम्झौताका हिसाबकिताब गर्ने तयारीमा देउवा छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

g]kfnL sfFu|];sf] !# cf}F dxflwj]zgaf6 gjlgjf{lrt ;efklt z]/axfb'/  b]pjf s]Gb|Lo sfof{nodf kbef/ u|x0f ub}{ . tl:a/ M /f]zg ;fksf]6f,/f;;

औपचारिक घोषणा हुन बाँकी

प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति औपचारिक घोषणा हुन बाँकी छ । ‘यसपटकको भ्रमणमा उहाँ प्रधानमन्त्री भएर भारत जाँदा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिने उहाँको इच्छा छ’ परराष्ट्र स्रोतले भन्यो, ‘पञ्चेश्वर, सुदूरपश्चिममा टेक्निकल इन्स्टिच्युट स्थापनालगायतको कार्यान्वयनका विषयमा तयारी गर्न सम्बन्धित अधिकारीलाई उहाँले निर्देशन दिइसक्नुभएको छ ।’ भ्रमणमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न परराष्ट्र सचिव शंकरदास बैरागीले सरोकारवाला मन्त्रालयसँग समन्वय गरिरहेका छन् । साउन अन्तिम सातादेखि भदौ पहिलो सातामा भ्रमण हुने भनिए पनि मिति तय भइनसकेको परराष्ट्र स्रोतले बतायो ।

नीतिगत समस्या समाधानमा केन्द्रित
‘विगतका सम्झौता कार्यान्वयन र नयाँ सम्भावनाबारे प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्ने गरी तयारी भइरहेको छ, अहिले कुनै पनि विषय टुंगिएको अवस्था छैन,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने । पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डको भ्रमण र दुवै देशका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा भएका छलफलमा उत्पन्न नीतिगत समस्या समाधानमा पनि यसपटकको भ्रमण केन्द्रित हुने सम्बद्ध स्रोतले बतायो । यसैगरी आसन्न प्रान्त र केन्द्रिय संसदको निर्वाचनका लागि पनि भारतको सहयोगका लागि देउवाले आग्रह गर्ने बुझिएको छ ।

भ्रमण राजकीय
प्रधानमन्त्रीका रुपमा देउवाले यसअघि तीनपटक भारत भ्रमण गरेका थिए । तीसबै भ्रमण औपचारिक थिए भने यसपटक उनको भ्रमण राजकीय हुने परराष्ट्र स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना